Friday, May 19, 2017

उनी सुक्क सुक्क गरेर रुन थालिन् – बिहेको त्यो रात ! अवस्य पढ्नुस यो वास्तविक कथा



ऋतु बराल-
बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए।

मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्का साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यही बिहेको दिन हो, बिवाह पछि रुनु मात्र पर्छ ।

ह्यया हावा कुरा नगर केटा हो भनेर कारको सिसा लगाए । ता कि साथमा भएकी जीवन संगिनीलाई कुनै असर नपरोस भनेर । मनमा एउटा सोचाई आयो साथीहरुले भनेको ।

के साच्चै बिहे पछि रुनु पर्छ ? के बिवाह गरेका मानिसहरु असन्तोस छन् ? के संसारका सारा मानिस बिहे पश्चात रुनु नै परेको छ त ? झन दुबैको साथ मिले त संसार जिउन सजिलो हुन्छ भन्ने सुनेको थिए । जीवन सँगै जिउनी भनेर बाचा गरेपछि त दुबैले दुबैलाई स्याकृरीफाई त गर्नु त पर्याे नि ।


त्यसपछि त गुरुजीले कुदाउनु भयो कार । उनी तिर हेरे उनी रोईरहेकी थिईन । उनी रोएको देखेर मलाई नै नरमाईलो लाग्यो । अगी सम्म सबैको अगाडि हासेँकी थिईन । म खुसी छु हजुरहरु नरुनु है रुन हुन्न म सधाको लागि टाढा भएकी त होइन भन्दै आफ्ना आमा बाबुलाई सम्झाएर खुसी हुँदै आएकी दुलई आमा बाबू छोपिनसाथ रुदै थिईन् । उनलाई देखेर मन कापि रहेको थियो ।

नचिनेको केटा पराईको घर कसरी बानिपर्ला भनेर झन भकानिएर रोएकि होलिन् । म बिस्तारै उनको छेउ सरे, उनको हात समाए र भने नरौन यार मलाई पनि रुन आईस्कयो यसरी रुनु हुदैँन मैले बेच्नै लानलाग्या त होईन नि…. ! अगी आमा बाबुलाई सम्झाएको गरि आफ्नो मन बुझाउ न । के गर्छाे त संसारको लिलै यस्तो हो तिम्रो आमा पनि बाबा सगँ यसरी नै आउनुभएको त हो नि भन्दै उनीभन्दा पर सरे ।

गर्दा गर्दा घर आईपुग्यो आमा आएर आएर कार बाट उनको हात समाउन थाल्नु भयो म पनि उनको पछि पछि हिडे । दिद र सानी बहिनी आएर एउटाले पानी र अर्काेले दियो लिएर हामीलाई घुम्न थाले । त्यसै गरि अर्काे पट्टि आयो छोरा बुहारी लिएर मैले छोरो पाएकी थिए र भन्दै रत्यौली घन्कीदै थियो ।

सबैको दुलई हेर्ने घुईचो थियो । बाहुबाजे देखिबाट चलेको रितिरिवाज रे बेहुलीले आफ्नता जनलाई ढोग गरेर साडी दिनुपर्ने रे । यो चलन मलाई कति मन परेन । मन परेन भनेर नि म के गर्न सक्थे बाबू आमा मान्दैन चलेको रितिरिवाज हो त्यैले भनेर हुन्छ भन्छन् ।

मन मनमा सोच आयो गरिब दुखीलाई त छोरी पाए नि गार्हाे रहेछ छोरी पनि दिनु छ दाईजो नभई हुन्न भन्छन कति मानिस त जन्तीलाई सेवा पनि गर्ने पर्याे । कस्को बिहेमा कति दक्षिणा दिए भन्नेहरु पनि हुन्छन् । न त त्यो साडी दिएर कसैले लाउने हुन उल्टै कुरा गर्छन फलनाको बिहेमा त्यस्तो साडी दिएका बिचरा दिने मान्छेले पनि के गरून् , कति दिउन त ।
म उनलाई हेरिराको थिए कति थाकेकी होलिन् खुट्टा पनि ढोग्या ढोग्यै छन । कसैले भयो पर्दैन भनेन सबले खुट्टा नै अगि सारेका छन । माया लागेर मैले भनिहाले खुट्टा नढोगे हु्न्न त्यतीकैमा एकजनाको आवाज आयो आज त ढोग्न पर्छ । बल्तल ढोग्ने र सारी बाड्ने काम पनि सकियो ।

उनलाई टाईम लाग्ला भनेर म कोठामा गएर छिटो छिटो लुगा फेरे र उनलाई लुगा चेन्ज गर्न भनेर कोठा देखाईदिए । दिदी उनी सँगै भित्र पस्नु भयो सायद उनलाई हेल्प गर्ने होला । कपडा चेन्ज गरेपछि दिदीले मलाई बोलाउनु भयो आजको दिन बुहारीको साथमै बसिराख भित्रै बसे हुन्छ हेर्न आउने भित्रै आउछन् भन्दै दिदी बाहिर निस्कनु भयो । मान्छेहरुको आवतजवात चलेकै थियो । मलाई भने मान्छेहरु कति बेला जालान जस्तो भई रह्यो ।

१० बजिसकेको थियो त्यतीकैमा दिदी आउनु भयो बुहारीलाई केही भन्नू छ भन्दै भोलि बिहान छिटो उठ्नु पर्छ, नुहाईधुवाई गर्नु पर्छ, सिन्दुर हालेको सेतो कपडा बिहान उठेर धुनु, अरु भोलि नै भनुला अहिले तिमीहरु सुत ।

दिदीले सुत भन्दा मेरो मनमा छुट्टै आन्नद आयो । सुत्ने बेला हल्का रोमेन्टिक त हुनै पर्याे भन्ने ठानेर म उसलाई जिस्काए ओई म तल भुई मै सुत्छु तिमी बेडमा नै सुत ल ? उसलाई त लाज लागेछ क्यार मुख तल पारिहालिन ।

उनी भित्ता तिर फर्केर सुतिन् । म एकलै के गर्नु बत्ति अफ गरिदिए अनि छेउ मा पल्टिए । उनी एकमस्त एकोहोरिएर भित्ता तर्फ नै फर्किरहिन् । उनलाई म बोलाउन खोज्थे तर सक्थिन । थोरै थोरै मेरा हातहरु उनको कपाल तिर लगे उनको कपाल मुसारे उनी आन्नद माने झै गरि रहिन ।

ओई यता फर्कन तर उनी मानिन् । पछि उनी बिस्तारै फर्किन् तर मेरा आखाँ मा हेर्न सकेकी थिईनन् । सोचे एकछिन त लभ मेरिज भएको भए अहिले चुप लागेर बस्नु पर्थेन । केही न केही कुरा निस्किन्थियो जुनेली रात हुन्थ्यो । मैले उनलाई अँगालोमा बाधे निधारमा चुम्बन गरे । मैले अँगालोमा बाध्दा उनले असहज भएजस्तो गरिन् ।

उनी सुक्क सुक्क गरेर रुन पो थालिन् । सायद उनलाई घरको याद आयो होला मैले फेरि अँगालोमा राख्दै भने अब म तिम्रै हुँ । असहज नमान बिस्तारै सबै कुराको बानि बस्ने छ । उनी मलाई हेरेर मुस्कुराइन् । उनले अचानक आफनो हात मेरो निधारमा लगिन् र भन्न थालिन हजुरको निधार कस्तो तातो लौ ज्यान पनि तातो छ ज्वरो आएको जस्तो छ ।

उनी खुब आतिएकी थिईन् उनको त्यो भनाईमा नै पुर्ण रुपले माया भरिएर आएको थियो । मैले उनलाई जर्वजस्ति गर्न चाहिन उनले माया र खुसीले सुमपिएको शरीर पो मेरो लागि हक लाग्यो । जब उनी बहिसकार गर्छिन् त जर्वजस्ती गर्नु त्यो बलात्कार हो । मैले उनको मन दुखाउन चाहिन, तिमी सुत मलाई केही भएको छैन भनेर उनको केश मुसारे, उनी ओके गुडनाईट भनी सुतिन म पनि सुते । अमेरिका नेपाल बाट

दशैँटिका बहिष्कार गर्ने प्रचण्डलाई पूजाआजा गर्न यसरी बाध्य पारे विनोद चौधरीले !


काठमाडौं, ५ जेठ । आफूलाई कम्युनिष्ट मान्दै हिन्दूहरुको ठूलो चाँड दसैं र तिहार बहिष्कार गरेका प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डलाई उद्योगपति विनोद चौधरीले पूजा गर्न लगाएका छन् ।
शुक्रबार गृहजिल्ला चितवन हुँदै नवलपरासी पुगेका प्रधानमन्त्रीलाई उद्योगपति चौधरीले नवलपरासीको रजहरस्थित शाश्वतधाममा लगेर पूजाआजा गर्न लगाएका हुन् ।

ब्राह्मणका छोरा प्रचण्ड बहुसंख्यक हिन्दू धर्मालम्वीको महान चाँड दसैं र तिहार बहिष्कार गर्ने पहिलो प्रधानमन्त्री हुन् । यद्यपी उनले मुश्लिमहरुको पर्वमा कार्यक्रममै गएर मनाएका थिए । त्यतिबेला बहुसंख्यक हिन्दूको पर्व बहिष्कार र मुश्लिमको मन लगाएर मनाएको भन्दै खुबै आलोचना भएको थियो ।

तर, आफूलाई कम्युनिष्ट मान्दै हिन्दूहरुको पर्वमाथि तिरस्कार गर्ने प्रचण्डलाई उद्योगपति चौधरीले ‘साइज’मा ल्याएका हुन् । उनले आफ्नै लगानीमा नवलपरासीमा निर्माण गरेको दुम्कौलीस्थित शाश्वत धाममा प्रधानमन्त्रीलाई पूजाआजा गर्न लगाए । उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरिएकामा आफू प्रभावित भएको प्रतिक्रिया दिएका थिए ।

काठमाडौंमा ३८ हजार मत गन्दा मेयरका झन्डै १० हजार मत बदर


काठमाडौं, जेठ ५ ।

काठमाडौं महानगरपालिका ३८ हजार मत गन्दा मेयर र उपमेयरका लागि झण्डै १० हजार मत बदर भएका छन्।

अहिलेसम्म मेयरका ३२९९ मत बदर भएका छन् भने उपमेयरका ६६०३ मत बदर भएका छन्।

बदर भएकामध्ये धेरै भोट उपमेयरमा एमालेलाई दिएका छन्। नेकपा एमालेले काठमाडौंमा उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गरेको छ। तर मतदाताले उम्मेदवार नै नभएको एमालेको सूर्य चिन्हमा छाप लगाएका छन्।

त्यस्तै विवेकशील र साझा पार्टीको चुनाव चिन्ह र कांग्रेस र एमालेको चुनाव चिन्हमा भोट हालेका मेयरका भोट पनि बदर भएका छन्। मतदाताले मेयरका लागि कांग्रेस र एमालेका साथै साझा र विवेकशीललाई पनि भोट हाल्न खोज्दा एउटै पदमा दुई चिन्हमा छाप हानेका छन्।

महानगरमा हार्न लागेको भन्दै कांग्रेस सभापतिको अकस्मात राजीनामा !


५ जेठ । काठमाडौं
मतगणनामा एमालेलाई टक्कर दिंदै आए पनि कांग्रेस सभापतिले राजीनामा दिएपछि अहिले उनी अहिले सर्वत्र चर्चाको पात्र बनेका छन् ।
कास्की जिल्लास्थित पोखरा लेखनाथ महानगर समितिका कांग्रेस सभापति बजिरमान श्रेष्ठले राजीनामा दिएका हुन् । विज्ञप्ती जारी गर्दै श्रेष्ठले निराशाजनक परिणाम आएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन्

अहिलेसम्म ३३ वडा रहेको पोखरामा १० वटाको मात्र नजिता आएको छ । तर, मतगणनामा कांग्रेसका उम्मेवदार रामजी कुँवर थोरै मतले पछि रहेका पनि सभापति श्रेष्ठले आफूले सोचेको जति मत नआएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपरेको बताएका छन् । नेताहरुको व्यक्तिवादी सोच र स्वार्थ, गैरजिम्मेवारीपना नेताहरुमा देखिंदा पार्टी मतगणनामा पछि परेको कारण उनले खुलाएका छन् ।

आफ्नो नेता कार्यकर्तालाई सहयोग गर्नुको सट्टा केही नेता कार्यकर्तामा उदासीनता रहँने र आत्मघाती व्यवहार देखाउँदा पनि कांग्रेस पछि परेको कारण उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । कांग्रेसको यस्तो परिणामप्रति उनले जिल्लादेखि केन्द्रसम्मकै नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँमा एमालेको अग्रता कायमै


५ जेठ, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकामा आज बिहान १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ ।

नगर प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १० हजार २४५ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ६ हजार ६५६ मत प्राप्त गरेका छन् ।


त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले तीन हजार ९३८ मत, साझा पार्टीका किशोर थापाले तीन हजार ३३९ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार ९४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले आठ हजार ९२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले पाँच हजार ५१० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए। रासस

भरतपुर महानगरपालिकाको मत परिणाम गोलमाल भएपछि…

भरतपुर, ५ जेठ । सम्पूर्ण नेपालीहरुको ध्यान खिचेको भरतपुरको मतपरिणाममा दलका प्रतिनिधिहरुले नै गोलमाल गरेको भेटेपछि कडाइ गरिएको छ ।

मत परिणामको तथ्यांक तलमाथि परेपछि गणनास्थलमा केही समस्या देखिएकोले अहिले छलफल चलिरहेको छ । दलका प्रतिनिधिहरुले आफूखुसी मतपरिणाम संचारमाध्यमलाई टिपाउन थालेपछि भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत बबीप्रसाद न्यौपानेले कडाइ गरेका छन् । यसअघि माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिएको कुरा बाहिर आएको थियो । तर, मतपरिणाम जोड्दै जाँदा एमालेकै देवी ज्ञवाली अगाडि देखिएका थिए ।


मतपरिणाम सार्वजनिक गर्दा तलमाथि हुन थालेपछि मुख्य निर्वाचन अधिकृत न्यौपानेले निकै ढिलो गरी जानकारी दिने गरेका छन् । दलका प्रतिनिधिहरुलाई पनि जथाभाबी खबर सार्वजनिक नगर्न ध्यानाकर्षण गराएका छन् । बरु ढिलो होस्, म आधिकारिक भएपछि मात्र सार्वजनिक गर्छु उनले दलका प्रतिनिधिहरुलाई भनेका छन् ।

भरतपुर महनगरपालिकामा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । ज्ञवालीले १२३०६ मत पाएका छन् भने माओवादी केन्द्रकी दाहालले ११७७७ मत पाएकी छिन् ।

भरतपुरको मतपरिणामप्रति यतिबेला सबैको ध्यान खिचेको छ ।

अपडेटः भरतपुरमा फेरि रेणु दाहालको अग्रता


चितवन, ५ जेठ— चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

जारी मत मतगणनाअनुसार रेणुले अग्रता लिएकी छन् । रेणुले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवीले ११ हजार ९०२ मत पाएका छन् ।

भरतपुरको मेयरमा कांग्रेस - माओवादी तालमेल छ  । तीन दिनयता देबीले अग्रता फराकिलो बनाउँदै लगेको अवस्थामा रेणुले फेरि अग्रता लिएकी हुन् ।