Sunday, February 28, 2016

वीरगञ्जबाट फेरि आयो दुःखद खबर !

काठमाडौं, १६ फागुन । नाकाबन्दी हटेको २३ दिन वितिसक्दा पनि वीरगन्ज भन्सार पूर्वावस्थामा फर्कन सकेको छैन ।
वीरगन्ज भन्सारलाई लिएर आयातकर्तालाई अझै पनि त्रास कायमै रहेकाले पूर्ववस्थामा नाका सञ्चालन हुन नसकेको  वीरगन्ज भन्सार प्रवक्ता सुशील शर्माले बताए ।
नाका फेरी बन्द हुन्छ कि भन्ने आशंकामा आयातकर्ता रहेको वीरगन्ज प्रवक्ता शर्माले बताए ।
राजश्व असुलीमा सर्वाधिक योगदान रहने सवारी साधनका आयातकर्ता अहिलेसम्म् यो नाकामा नफर्केको शर्माले बताए ।
‘यो नाकाबाट आयातहुने करिब ४० प्रतिशत सवारी साधान भैरहवाबाट भित्रन थालेका छन्, उनले भने, ‘बन्दमा भैरहवा गएका आयतकर्ता यता र्फकन चाहेका छैनन् ।’ कारोबार दैनिकमा समाचार छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment