Monday, February 22, 2016

भारतविरुद्ध अमरेशको कडा आक्रोश, मोदीलाई सिकाए प्रजातन्त्रको परिभाषा

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले भारतमा पक्राउ परेका जहवारलाल नेहरु विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी तत्काल रिहा गर्न भारत सरकारसँग माग गरेका छन् ।
कांग्रेस नेता सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत भारत सरकारसँग पक्राउ परेका जहवारलाल नेहरु विश्व विद्यालयका विद्यार्थीलाई विनासर्त रिहा गर्न माग गरेका हुन् । ‘प्रधानमन्त्री केपी ओलीलाई कालोझण्डा देखाउँदा पक्राउ परेका नेपाली विद्यार्थीलाई रिहाइ गर्न भारत सरकारसँग आग्रह गर्दछु’, सिंहले भनेका छन्, ‘भारत जस्तो ठूलो प्रजातान्त्रिक मुलुकले कालो झण्डा देखाउनेलाई थुन्नु उचित हुँदैन ।’
भारतसँग राम्रो समबन्ध रहेको ठानिने कांग्रेस नेता सिंह पनि जहवारलाल नेहरु विश्व विद्यालयका विद्यार्थी हुन् । उनले कुनै पनि प्रजातान्त्रिक मुलुकमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने समेत उल्लेख गरेका छन् ।
सिंहले प्रधानमन्त्री ओलीको बिरोध गर्दै आएका छन् । उनले यसअघि पनि ओलीका कामको सार्वजनिक रुपमा विरोध गरिसकेका छन् ।
भारत भ्रमणका बेला प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने एक दर्जन नेपाली विद्यार्थीलाई भारतीय प्रहरीले नयाँदिल्लीमा पक्राउ गरेको थियो । उनीहरूलाई भारतीय प्रहरीले तिहाड जेलमा राखेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय अनिलकुमार झा र मातृका यादवका छोराहरू पनि छन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment