Showing posts with label jiwan mantra. Show all posts
Showing posts with label jiwan mantra. Show all posts

Wednesday, April 12, 2017

जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर



काठमाडौं । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।

सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई  परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।

अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ ।

दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् । धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

डा करुणा भन्छिन्-‘नेपालीहरु सेक्स गर्न जान्दैनन्, सेक्सका लागि नाङ्गो हुनु अनिवार्य’

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् ।

बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, *मनोबिज्ञानभित्र फेमिली थेरापी काँहा पर्दोरहेछ ? – मनोबिज्ञान बृहत बिषय हो ।

संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरु के के रहेछन् ?

– पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो ? प्रतिशतमा भन्न सकिन्छ ? ९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ?

– धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हँदोरहेछ, समस्या के पाउनुभयो ?

– सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनौ । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ?

– उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ ।

पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला ।

ताजा खबर

Monday, April 10, 2017

जन्मदिने बुवाको बारेमा यि तथ्य पढ्नुहोस् :: कस्तो सन्तान हुं भन्ने आफैं मूल्यांकन गर्नुहोस्

”म र मेरा बा ”
सनातन विधिअनुसार १२ बर्ष गुरुकुलमा शिक्षादिक्षा लिएपछि अन्तिममा गरिने संस्कार भनेको दिक्षान्त हो । दिक्षान्तमा चेलो परमसत्यका रुपमा एउटा श्लोक भन्छन् जसको अंश यस्तो छ:

मातृ देवो भवः पितृ देवो भवः आचार्य देवो भवः

माता, पिता र गुरु देवताजस्तै महान हुन्छन् । शास्त्रमा पिताका बारेमा धेरै कुरा भनिएको छ । जस मध्ये एउटा मार्मिक भनाइ छः नास्ति पितृ समंमः तिर्थमः । अर्थात मातापिताको सेवा गर्ने तिर्थस्थल धाइरहनै पर्दैन । मातापिताको सेवा गर्नु नै धर्म कमाउँनु हो ।

अहिले परिस्थिति फेरिएको देखिन्छ । जान्नेसुन्ने भएपछि मान्छे सात समुन्द्र धाउँछ । पैसा कमाउँछ । विन्दास खर्च गर्छ । तर, बुबाआमालाई सम्झनपनि सम्झदैन । औपचारिकरुपमा बुढाबुढीले के सोचे होलान् भनेर मन राख्नका लागि मात्रै सम्झने बानी धेरैको हुन्छ । तरुनी छोरी वा छोराले ‘मिस यू’ भनेर केटा वा केटीलाई दिनमा दर्जनौं फोन गर्दा मुस्किलले बुबाआमाको पालो आउँछ । केटा वा केटीका लागि मनपरी खर्च गर्नेले बुबाआमाको उपचार गर्दासमेत हिसाव गर्न थाल्दछ । यहींनेर हाम्रो संस्कार, सस्कृति र सन्तानधर्म भत्किएको छ ।

बुबाआमाले केही भने वचन लाईहाल्नेहरु टोलटोलमा देखिन्छन् । बुबालाई थर्काएर पुरुषार्थ प्रर्दशन गर्नेहरुले मर्यादा पुरुषोत्तम रामको कथा बुझ्न जरुरी छ । रामलाई मर्यादा पुरुष किन भनियो भन्ने धेरैलाई थाहा नहुनसक्छ । बुबाले बनबास जानु भनेपछि उनी कुनै सवाल जवाफ नगरी बनबास गएका थिए । बुबाको मर्यादा राखेकाले उनी मर्यादा पुरुष भएका हुन् । आज बुबाले सन्तानकै भलाइका लागि अर्ति दिँदासमेत अपाच्य हुँने स्थिति छ । शास्त्रमा भनिएको छः

सुनी जननी सोही सुतु वडभागी जो पितु मातु वचन अनुरागी ।अर्थात जसले आमाबुबाको वचनको पालना गर्दछ ऊ सबैभन्दा भाग्यमानी हुन्छ । बुबाआमाको श्रद्धा गर्ने र उहाँहरुको हृदयलाई चोट नपुर्याउने व्यक्तिलाई घुमाइफिराइ लाभ भएकै हुन्छ ।

मानिस लाभका लागि बुबाआमाबाट टाढिन्छ । अन्तिममा उसले सबै गुमाइसकेको हुन्छ । भौतिकरुपमा बाध्यतावश टाढा हुनु एउटा हो । तर, जो सन्तान आमाबुबाबाट भावानात्मकरुपमा टाढा छ, उसलाई कुनै न कुनै रुपमा पश्चताप र पीडा आइलागेकै हुन्छ । आखिर उसले जे संस्कार सिकायो, त्यही संस्कार उसका सन्तानमा सर्ने हो । एक दिन बुबाआमा त हरेक नरनारी हुनैपर्छ ।

एउटा भनाइ बडो सान्र्दभिक लाग्छ । न बाप बडा न भैया सबसे बडा रुपैयाँ । बुबा र दाजुभाइ भन्दा रुपैयाँलाई देख्ने प्रवृत्ति जवरजस्त भएको छ । सम्पत्तिलाई सन्तुष्टिभन्दा माथि राखिएको छ । शास्त्रमा यस्तो प्रवृत्तिका बारेमा पनि उल्लेख गरिएको छ । सर्वम् द्रव्य प्रतिष्ठितमः अर्थात पैसा नै सबैभन्दा ठूलो ठान्ने सोच । यो अत्यन्त खतरनाक सोच हो । यसले पैसाका लागि जेपनि गर्ने प्रवृत्तिको विकास गरेको छ । पैसा भए सबै आउँछ भन्ने सोचको विकास परिवारले नै पैदा गरिदिन्छ ।

परिवारमा सानैदेखि सन्तानलाई पैसाभन्दा ज्ञान ठुलो भन्ने बोध गराउँन आवश्यक छ । तपाईले पैसा ठूलो ठान्नुहुन्छ भने तपाईको सन्तानले पनि त्यसै ठान्छ । अन्तिममा बुबाआमा भन्दा ठूलो पैसै हुन्छ । त्यसपछि तपाई पछुताएर के हुन्छ र ?

अहिलेको समस्या भनेको परिवारभित्रको विग्रह हो । हातमा स्मार्ट फोन छ तर परिवारका बीचमा संवाद छैन । व्यक्तिवादी सोच छ र परिवारको वेवास्ता छ । बुबा भोकै छ, छोरो क्याविनमा मस्ति गरिरहेको छ । किनभने हामीले छोराछोरीलाई महंगा मोबाइल, मोटरसाइकल दिऔं । भड्किला स्कुल कलेजमा पढायौं तर संस्कारमा ध्यान दिएनौं । यस्तो स्थिति सन्तानमा बुबा आमालाई बायोलोजिकल रिलेसन अर्थात जैविक सम्बन्ध मात्रै भएको व्यक्तिका रुपमा हेर्ने सोच पैदा हुनपुग्छ । त्यहाँ भावनात्मक सम्बन्धको विकास हुंन पाउँदैन ।

तपाईं सन्तान हो भने आज आफ्नो अनुहार आफैं हेर्नुहोस् । बुबाका लागि के गरेँ रु आफैंलाई प्रश्न गर्नुहोस् । आजको दिनमा पनि तपाई बुबाका लागि उपहार किन्न जाँदा दश पटक सोचेर लोभ गर्नुभएको छ भने तपाईं सन्तानमा त्यो सर्छ सर्छ । तपाईं बुबा हो भनेपनि एक पटक आफ्नो सन्तानलाई हेर्नुहोस । उसले वेवास्ता गरेको छ भने आफैंलाई प्रश्न गर्नुहोस्ः कस्तो संस्कार दिइएछ रु सुकदेव जस्तो गुणवान छोरो जन्माउँने चाहना सबैमा हुन्छ ।तर, सुकदेबलाईसुकदेब बनाउनका लागि वेदव्यासजस्तो बाऊपनि चाहिन्छ ।

Sunday, April 9, 2017

यी हुन् इन्डोनेसियामा बनाइएका ५ विश्वप्रसिद्ध हिन्दू मन्दिर

विशेष गरी पूर्वी एसियाको देश इन्डोनेसियामा पनि हिन्दू परम्परा र मन्दिरको ठूलो महत्व रहेको छ। यदि इन्डोनेसियालाई नजिकबाट नियालेर हेर्दा यहाँ कैयौ भव्य अनि सुन्दर मन्दिर रहेको छ। यहाँ बनाइएको देवीदेवताको मन्दिर यति सुन्दर छ की विश्वमा रहेको सबैभन्दा सुन्दर मन्दिरहरुको नम्बरमा आउने गरिन्छ।

पुरा बेसकिह मन्दिर, बाली

यो मन्दिरको सौन्दर्यता देखेर मानिस अचम्मित हुने गर्दछ। यही प्रकृतिको काखमा इन्डोनेसियाका धेरै सुन्दर मन्दिरहरु रहेका छन्। यो बालीको सबैभन्दा ठूलो र पवित्र मन्दिर हो। यसलाई मन्दिरहरुको श्रृंखलामा राखिएको छ। सन् १९९५ यो मन्दिरलाई यूनेस्कोमा सूचीकृत गरिएको थियो। यो मन्दिरमा कयौ देवीदेवताको मूर्ति स्थापित गरिएको छ। यो यहाँको पर्यटकको आकर्षणको मुख्य केन्द्र हो।

सरस्वती मन्दिर, बाली

विद्याकी देवी सरस्वतीको यहाँ कम भए पनि यहाँ मन्दिरको धेरै महत्व छ। देवी सरस्वतीको समर्पित यो मन्दिर बालीको उबुदमा रहेको छ। देवी सरस्वतीको हिन्दू धर्म विद्या, ज्ञान तथा संगीत मानिन्छ। यसका साथै यहाँ पनि देवी सरस्वतीको पूजा तथा विद्याको रुपमा पूजने गरिन्छ। 

सिंघसरी शिव मन्दिर, जावा

तपाईले भगवान शिवको समर्पित यो विशाल मन्दिर आफ्नो भव्यताको लागि पनि दुनिया प्रसिद्ध छ। 13 औ शताब्दीमा बनाइएको सिंघसरी मंदिर पूर्वी जावा सिंगोसरी मनाइएको हो। मन्दिरमा भगवानको एउटा विशाल प्रतिमा रहेको छ। यहाँ प्रत्येक दिन धेरै संख्यामा भक्तजन आउने गर्दछ। यहाँ दीपावली धुमधामसँग मनाउने गरिन्छ।

तनह लोट मन्दिर, बाली

यो भगवान विष्णुको प्रसिद्ध मन्दिर रहेको छ। यो मन्दिर एउटा विशाल समुन्द्री चट्टानमा बनाइएको छ। आफ्नो मन्दिर सुन्दरताका कारण इन्डोनेसियाको मूख्य आकर्षण मानिन्छ। यो मन्दिर बाली दीपको हिन्दूको आस्थाको केन्द्र हो।

प्रम्बानन मन्दिर, जावा

यो मन्दिरमा मूख्य रुपमा भगवान शिव भगवान विष्णु तथा भगवान ब्रम्हा समर्पित थियो। मध्य जावामा बनाइएको प्रम्बनन मंदिरको इन्डोनेसियाको सबैभन्दा विशाल मन्दिर हो। यो मन्दिरलाई पनि विश्‍वमा धरोहरमा सामेल गरिएको छ। विश्‍वभरका पर्यटकहरु प्रम्बनन मंदिर घुम्न आउँछन्।

Monday, April 3, 2017

यी पाँच उपाय अपनाउँदा धनका देवता कुबेरलाई प्रशन्न गरी सम्पन्न बन्न सकिन्छ

 अब हजुर लक्ष्मीमाताको पूजा त दिनहुँ गर्नु हुन्छ, होला हजुरले लक्ष्मीखुशी पार्न सक्नु भएको छैन भने अवस्य पनि हजुरहरुले धनका देवता कुबेरलाई खुशी पार्न सक्नु पर्ने छ । आज हामी हजुरलाई यी ५ तरिका बताउँदै छौ, जसका प्रभावले धनका देवता कुबेरले हजुरमा धनको वर्षा गराइदिनु हुनेछ । यस मन्त्रलाई निरन्तर जप गर्नु होला

१. ॐ श्रीं, ॐ छ्री श्रीं, ॐ छ्री श्रीं क्लीं वित्तेश्वायः नम l. यस मन्त्रलाई दिनमा दुई पटक विहान १०८ र बेलुका १०८ मोती कोमलाले जप गर्नुका साथै जप गरिसकेपछि एक पटक हनुमान चालीसा पाठ गर्नु होला । यस पछि हजुरहरुलाई निरन्तर धनको वर्षा हुन थाल्नेछ ।

२. रातको समय शिव भगवानको अगाडि दीप बाल्नु । धनका देवता कुबेर पनि प्रत्येक रात भगवान शिवलाई दीप जलाएर खुशी बनाइ धनका देवता बनेका थिए । त्यसैले रातको समयमा भगवान शिवको दिप बाल्दा विशेष कृपा भई धन वर्षा हुने मान्यता छ ।

३. घरमा कुबेरको मूर्ति स्थापना यदि हजुरहरुको घरमा धन नआउने र आयपनि स्थिर नरहने समस्या छ भने धनको देवता कुबेुरको मूर्तिलाई विधिवत प्राण प्रतिष्ठा गरी घरको उत्तरदिशामा राख्दा धन वर्षा हुन थाल्नेछ ।

४.घरको धनसार अर्थात धन राख्ने ठाउँमा जरुर राख्नुहोस । कुबेरलाई कोषाध्यक्ष मानिने भएको हुँदा पहिला मन्दिरको द्वारमा कुबेर स्थापना गर्ने चलन थियो । किनकी धनको रक्षा कुबेरले गर्नु गर्नुहुन्छ ।

५. दीपावलीमा विशेष पूजा यसरी जानकारी हुनेहरुले आफ्नो मूलपुरहेतबाट दीपावलीमा कुबेरजीको खास पूजा गराउने गर्दछन् । यसरी यो पूजा गुप्त रुपमा गर्ने गरेको पाइन्छ । यस पूजामा पण्डितजीले सही मन्त्र उच्चारण गरेर सही मन्त्रद्वारा पूजा गरिदिएमा अवश्य उस घरमा केही महिनामै धन प्राप्ती हुन्छ । यसरी पूजाको विधिबाट धनका देवता कुवेरलाई प्रसन्न पार्न सके हजुरहरुको घरमा कहिल्यै धनको अभाव रहने छैन भने कुवेर भगवानलाई प्रशन्न पार्ने उपाय त्यति पनि जटिल छैन । आउनुस् आजैबाट शुरु गरौं । यसरी हजुरहरुजस्ता जिज्ञासु भक्तको माझ यो भगवान कुबेर ज्यूलाई प्रशन्न पार्ने सरल उपाय जानकारी गराउन प्रसन्न मनले एक सेयर गरी सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछौं । ॐ

Sunday, April 2, 2017

श्रीरामसँग विवाह गर्दा सीताको उमेर कति थियो? थाहा पाउनुभयो भने छक्क पर्नुहुन्छ



वैशाख मास शुक्ल पक्षको नवमी तिथि। हिन्दु धर्ममा यस दिनलाई सीता नवमी पनि भनिन्छ। धर्मग्रन्थका अनुसार, यहि तिथिमा माता सीताको जन्म भएको विश्वास गरिन्छ।

वाल्मीकिद्वारा रचित रामायणमा माता सीतासँग सम्बन्धित कैयौँ रोचक कुराहरू उल्लेख गरिएका छन्, जुन सायद अधिकांशलाई थाहा छैन।

तपाईँहरूलाई सीता माताको उमेरको बारेमा एक रोचक प्रसङ्ग बताउन गैरहेका छौँ, जुन यसप्रकार छ–
वाल्मीकि रामायणका अनुसार, श्रीरामसँग विवाह गर्दा सीताको उमेर केवल ६ वर्षको थियो। यसको व्याख्या वाल्मीकि रामायणको आरण्यकाण्डमा उल्लेख गरिएको छ।

उषित्वा द्वादश समा इक्ष्वाकूणां निवेशने।
भुंजना मानुषान् भोगान् सर्व कामसमृद्धिनी।१।

तत्र त्रयोदशे वर्षे राजामंत्रयत प्रभुः।
अभिषेचयितुं रामं समेतो राजमंत्रिभिः।२।

परिगृह्य तु कैकेयी श्वसुरं सुकृतेन मे।
मम प्रव्राजनं भर्तुर्भरतस्याभिषेचनम्।३।

द्वावयाचत भर्तारं सत्यसंधं नृपोत्तमम्।
मम भर्ता महातेजा वयसा पंचविंशक:।
अष्टादश हि वर्षाणि मम जन्मनि गण्यते।४।

– सीता भन्छिन् – “विवाहपश्चात १२ वर्षसम्म इक्ष्वाकु वंशी महाराज दशरथको महलमा रहेर मैले आफ्ना पतिका साथ सबै किसिमको भोग भोगेँ। मैले त्यहाँ आफ्नो मनले चिताएको सुख-सुविधाहरू पाएर सम्पन्न थिएँ। तेह्रौँ वर्षको प्रारम्भमा महाराज दशरथले राजमन्त्रीहरूसँग सल्लाह गरेर श्रीरामचन्द्रजीलाई युवराज पदले अभिषेक गर्ने निश्चय गरे।

तब, माता कैकेयीले मेरो ससुरालाई शपद लिन लगाएर वचनबद्ध बनाइन्, अनि दुई वर मागिन्- मेरो पति (श्रीराम) को लागि वनबास र भरतको लागि राज्याभिषेक। वनबासको लागि जानेबेलामा मेरो पतिको आयु २५ वर्षको थियो र मेरो जन्मकाल देखि लिएर वनबास कालसम्म मेरो अवस्था वर्षगणनाका अनुसार १८ वर्षकी भैसकेकी थिएँ।”

यस प्रसङ्गबाट थाहा हुन्छ कि विवाहपश्चात सीता १२ वर्षसम्म अयोध्यामा बसिन् र वनबास जाने बेलामा उसको उमेर १८ वर्ष भैसकेको थियो। यसबाट के स्पष्ट हुन्छ भन्दा विवाह गर्ने बेला सीताको उमेर ६ वर्षको थियो। साथै यो पनि बुझिन्छ कि श्रीराम र सीताको उमेरमा ७ वर्षको अन्तर थियो।

Friday, March 31, 2017

कति घण्टा सुत्नुपर्छ ? अध्ययन यसो भन्छ

धेरै मानिसलाई आफु सुत्नुपर्ने जति समय सुत्न नपाएको कुरा त जिउको थकानबाटै थाहा हुन्छ तर खासमा कति समयसम्म सुत्नुपर्ने हो भन्ने कुराको जानकारी भने हुँदैन । वास्तवमा कम सुत्नु वा आवश्यकता भन्दा बढि समयसम्म सुत्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् ।

अमेरिकामा गरिएको एक अनुसन्धानले कुन उमेरको व्यक्ति कति समयसम्म सुत्नु आवश्यक हुन्छ ? भन्ने तथ्य पत्ता लगाएको छ ।


अस्तव्यस्त तथा अनियमित जिवनशैली, मदिरापान, अत्यधिक कफी वा इनर्जी डि्रंक्सको सेवन यस्ता चिजहरु हुन् जसले तपाइँको दिनचर्यालाई प्रभावित गर्नसक्छ ।

अमेरिकाको भर्जिनियास्थित एर्लिंगटनमा रहेको च्यारिटी नेसनल स्लिप फाउण्डेसनका अनुसार व्यक्तिको जिवनशैली उसको निद्राको आवश्यकता महसुस गर्ने आधार हो । मानिसको उमेर अनुसार उसका लागि कति निद्रा आवश्यक पर्छ भन्ने कुराको निर्धारण हुन्छ । व्यक्तिको उमेर अनुसार निद्राको समय यस्तो हुन्छ-
नवजान शिशु (जन्मदेखि ३ महिनासम्म) – नवजात शिशुलाई हरेक दिन १४ देखि १७ घण्टाको निद्रा आवश्यक पर्छ । यद्यपि ११ देखि १३ घण्टासम्म मस्तसँग निद्रा आएमा पनि पर्याप्त हुन्छ । नवजात शिशुलाई दिनमा १९ घण्टाभन्दा बढि सुताउनु राम्रो मानिँदैन ।

शिशु (४ देखि ११ महिना)- शिशुका लागि दिनमा १२ देखि १५ घण्टाको निद्रा आवश्यक हुन्छ । यद्यपि घटीमा १० घण्टासम्म गहिरो निद्रा आएमा पनि पर्याप्त हुन्छ । शिशुहरुका लागि १८ घण्टाभन्दा बढि निद्रा राम्रो हुँदैन ।

एक देखि दुइ वर्ष सम्मका बालबालिका- यो उमेरका बालबालिकाका लागि दिनमा ११ देखि १४ घण्टाको निद्रा आवश्यक हुन्छ । तर घटिमा ९ र बढिमा १६ घण्टाकेा सीमा भने कटाउनु लाभदायक मानिँदैन ।

स्कुल जानुअघिको उमेर (३ देखि ५ वर्ष)- यो उमेरका बच्चाहरुका लागि दिनमा १० देखि १३ घण्टासम्मको निद्रा पर्याप्त हुन्छ । दिनमा ८ घण्टाभन्दा कम र १४ घण्टाभन्दा बढि समयसम्म सुताउँदा त्यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नसक्छ ।

स्कुल जाने उमेरका बच्चाबच्ची (६ देखि १३ वर्ष)- यो उमेरका बच्चाहरुको लागि ९ देखि ११ घण्टासम्मको निद्रा आवश्यक हुन्छ । ७ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि समयसम्मको निद्रा राम्रो हुँदैन ।

किशोरावस्था (१४ देखि १७ वर्ष)- यो उमेरका किशोर किशोरीहरुको लागि दिनमा ८ देखि १० घण्टासम्मको निद्रा आवश्यक हुन्छ । दिनमा ७ घण्टाभन्दा कम सुत्नु वा ११ घण्टाभन्दा बढि सुत्नु फाइदाजनक हुँदैन ।

युवा (१८ देखि २५ वर्ष)- यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । ६ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि सुत्नु भने लाभकारी हुँदैन ।
वयस्क-२६ देखि ६४ वर्ष)- यो उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ ।

वृद्ध (६५ वर्ष माथि)- यो उमेरका मानिसहरु दिनमा ७-८ घण्टासम्म सुत्नु राम्रो हुन्छ । निद्राको समय ५ घण्टाभन्दा कम हुनु वा ९ घण्टाभन्दा बढि समयसम्म सुत्नु लाभदायक हुँदैन ।

मीठो निद्राका लागि के गर्ने ?


  • नियमित समयमा सुत्ने र उठ्ने गर्नुहोस्, चाहे विदाको दिन होस् वा व्यस्त कामकाज भएको दिन किन नहोस् ।
  • समयमै सुत्ने बानी बसाल्नुहोस् ।
  • हरेक दिन व्यायाम गर्नुहोस् ।
  • बेडरुममा तापक्रम, ध्वनी तथा प्रकाशको सन्तुलन कायम राख्नुहोस् ।
  • आरामदायी बिछौना तथा सिरानीको बन्दोवस्त गर्नुहोस् ।
  • सुत्ने बेलामा मदिरा वा कफी पिउने नगर्नुहोस् ।
  • सुत्नका लागि ओछ्यानमा पल्टिएपछि रेडियो, टिभी, मोबाइल जस्ता उपकरण बन्द गरिहाल्नुहोस् ।

Saturday, March 25, 2017

यौन इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार


संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

महिलाले श्रीमानलाई भन्नै नहुने ९ कुरा


तपाइँ आफ्नो श्रीमानलाई यौन सन्तुष्टीको विषयमा झुटो कुरा भन्नु हुन्छ ? वा बच्चा बच्ची नहेरेको भनेर रिसाउनु हुन्छ ? नयाँ जागिर खोज्न भनेर दवाव दिनु हुन्छ ? यदि यी गर्नु हुन्छ भने तपाइँ गल्ती गर्दै हुनु हुन्छ । यसले दीर्घकाल सम्मका लागि तपाइँको सम्बन्ध धरापमा पार्छ ।

 ‘Every Day Love’ नामक पुस्तकका लेखक एवं प्रसिद्ध मनोबैज्ञानिक जुडी फोर्डले महिलाले आफ्नो पतिसँग बोल्न नहुने ९ विषयको चर्चा गरेका छन् ।

१ यौन सन्तुष्टी नभएको समयमा पनि सन्तुष्टी भयो वा चरमआनन्द अनुभव भयो नभन्नुस् ।

२ तिमी तिम्रो बाउ जस्तै छौ भनेर श्रीमानलाई कहिल्यै पनि नभन्नुस् । यसले पुरुषलाई तपाइँप्रति घृणा जगाउँछ ।

३ श्रीमानलाई नयाँ जागिर खोज । यसले भएन भन्ने खालका सुझाव कहिल्यै पनि नदिनुस् ।

४ श्रीमानले गरेका कुनै काम वा गल्तीलाई मेरी आमाले मलाई पहिल्यै भन्नु भएको थियो तिमीले यसो गर्छौं भनेर कहिल्यै पनि नभन्नुस् । यसो गर्दा पुरुषको इगो हर्ट हुन्छ । तपाइँप्रति घृणा जाग्छ ।

५ श्रीमानले कुनै काम गरिरहेको समयमा छोड म आफै गर्छु भन्ने जस्ता अभिब्यक्ति कहिल्यै नदिनुस् । तपाइँले जस्तै गरी काम भएन भन्दैमा यसो नभन्नुस् । यसले असमझदारी बढाउँछ ।

६ तिमी सँधै यस्तै गर्छौ । तिमीले कहिल्यै गर्दैनौं । भन्ने जस्ता दुर्बाच्य श्रीमानलाई नबोल्नुस् यसले घृणा बढाउँछ ।

७ तपाइँले श्रीमानका कपडाको विषयमा कडा पनि टिप्पणी नगर्नुस् । खासगरी उसका पुराना कपडा नलगाएको विषयमा बोल्दै नबोल्नुस् । यसले आफ्नो पहिरनलाई नभएर ब्यक्तित्वलाई अपमानित गरेको ठान्छन् पुरुष ।

८ कुनै ब्यक्तिसँग श्रीमानको संगत छ तर तपाइँलाई मन पर्दैन भने धेरै टिप्पणी नगर्नुस् । तिमी फेरि उसँग बोलेको । फेरि उसैसँग कुरा गरेको । जस्ता छुद्र टिप्पणी पुरुषलाई मन पर्दैन ।

९ बच्चा हेर्नका लागि श्रीमानलाई जतिबेला दवाव नदिनुस् । उनलाई पिता नै बन्न दिनुस् । बारम्बार बच्चा नहेरेको विषयमा गुनासो गरेको पनि पुरुषलाई मन पर्दैन ।

कुन राशिले कसरी यौन आनन्द लिन्छन् ?


समाजका सबै ब्यक्तिको स्वभाव र रुची फरक फरक खालको हुन्छ ।

यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । मानिसको बानी अनुसार ज्योतिस शास्त्रमा विश्वाश गर्ने कोहि हुन्छन् भने कोहि विश्वाश गर्दैनन् तर तपाइ विश्वाश गर्नुस या नगर्नुस ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो ।


मेष राशि

१. मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन् । यो राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् । यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।

वृष राशि

२. वृष राशिलाई चुम्बन मन पर्छ । वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

मिथुन राशि

३. मिथुन राशिलाई प्रेमालाप मन पर्छ । यो राशिको स्वामी बुध हो त्यसैकारण्ँ कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टिप्रति पनि सचेत हुन्छन् ।

कर्कट राशि

४. कर्कट राशिवालाहरु प्रेममा उत्साहित हुन्छन् । यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण्ँ यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आङ्खनो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमी महसुस भैरहन्छ ।

सिंह राशि

५. सिंह राशिले पखिन्र्छन् पार्टनरको इशारा ।यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको पर्खामा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।

कन्या राशि

६. कन्या राशिमा यौनप्रति विशेष रुची । यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

तुला राशि

७. तुला राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना हुन्छ । यो राशिका ब्यक्ति आङ्खनो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण्ँ यिनीहरुप्रति मानिस आकषिर्त भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

वृश्चिक राशि

८. वृश्चिक राशिमा कामुक भावनाप्रवल हुन्छ । वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण्ँ पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

धनु राशि

९. धनु राशि जतिबेला पनि यौनका लागि तयार । यो राशिका मानिसको विशेषता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

मकर राशि

१०. मकर राशिलाई चुम्बन मन पर्छ । यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समपिर्त हुन्छन् । प्रेममा विश्वास गर्न राम्रो राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् ।

कुम्भ राशि

११. कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन पर्छ । यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउ“छन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टिलाई बढी ध्यान दिन्छन् ।

मीन राशि

१२. मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक हुन्छ । यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ प्रयोग गर्न मन पराँउछन् ।

हातको रेखाबाट थाहा हुन्छ प्रेम विवाह कि मागी विवाह


हाम्रो हातमा विभिन्न प्रकारका रेखा हुन्छन् । ती रेखाले नै हाम्रो सम्पूर्ण जीवनका विषयको कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीहरुको दावी छ । हातमा भएका रेखामा खासै परिवर्तन नहुने र जीवनभरी त्यसको प्रभाव रहने बताइन्छ । हाम्रो हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् ।

हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा भविष्यवाणी गर्न सकिन्छ । विवाह रेखासँग सन्तान रेखा समेत हुने बताइन्छ ।

विवाह रेखा कहाँ हुन्छ ?

विवाह रेखा कान्छी औंलीकोको तल्लो भागमा हुन्छ । यसलाई बुध पर्वत पनि भनिन्छ । बुध पर्वतको अन्त्यमा केही गहिरो रेखा हुन्छ । त्यसलाई नै विवाह रेखा भनिन्छ । यस्ता रेखा एक मात्र नभएर धेरै पनि हुन सक्छन् ।

एक भन्दा बढी विवाह रेखा हुने ब्यक्तिका प्रेम प्रसंग बढि हुने र धेरै जनासँग नजिकिने ज्योतिषहरुले बताउँछन् । यी रेखाहरु बढी तलपट्टि गएका छन् भने यस्ता ब्यक्तिको बैबाहिक जीवन राम्रो हुँदैन । कुनै स्त्रीको हातमा विवाह रेखाको शुरुमै टापु जस्तो चिन्ह छ भने यस्ता महिलाले सौता ब्योहोर्नु पर्ने वा झुक्याएर विवाह गरिदिने खतरा हुन्छ । यस्ता महिलाका पतिलाई स्वास्थ्यको समस्या समेत हुन सक्छ ।

यदि कुनै ब्यक्तिको हातमा विवाह रेखा लामो छ र सूर्य पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखमय हुन्छ भने जीवनसाथी पनि समृद्ध प्राप्त गर्छन् ।

यदि कसैको विवाह रेखा बिचमै काटिएको छ भने यसले विदुर वा विधवा हुने संकेत गर्छ ।

सन्तान रेखाः

सन्तान रेखा पनि कान्छी औंद्याको तल्लो भागबाटै शुरु हुन्छ । यो ठाडो रेखा हुन्छ । यो रेखाबाटै कुन ब्यक्तिका सन्तान कति हुन्छ भन्ने थाहा पाउन सकिने ज्यतिष शास्त्रीहरुको दावी छ । अझै गहिरो गरी अध्यन गरी हेर्दा छोरा हुने कि छोरी भन्ने कुरा समेत थाहा हुने उनीहरु बताउँछन् ।

जीवनमा सबैभन्दा बढी प्रभाव रातो रंगको


रातो रंग सबैभन्दा प्रभावशाली रंग नै हो । यसले कार्यालयको काम देखि तपाइँको निजी सम्बन्धमा समेत प्रभाव पार्छ । शोधकर्ताहरुले रातो रंगले जीवनमा प्रभाव बारे अध्यन गरेर नयाँ तथ्य सार्वजनिक गरेका छन् । जीवनमा सबैभन्दा शक्तिशाली रंग रातो रहेको उनीहरुको निष्कर्ष छ ।

शोधकर्ता डेविड रोबस्नका अनुसार रातो रंगले हरेक ठाउँमा विशेष प्रभाव राख्छ । महिलाको कामुकता देखि यौन सुःख सम्म सबैमा रातो रंगको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

रातो रंगले मानिसको मुड र विचारमा समेत गहिरो प्रभाव पार्ने पाइन्छ । रातो रंगले हाम्रो शरीरमा हर्मोन सन्तुलन र खेल मैदानमा समेत प्रभावित पार्ने बताइन्छ ।

कुकरसहित धेरै स्तनधारी प्राणीहरु रातो रंग छुट्टाउन सक्दैनन् ।

पूर्वजहरुले शिकार गर्दा विकाश भएको शारीरिक परिवर्तनका कारण अहिले हाम्रो अनुहारमा रिस उठेको बेला रातो रंगको मात्रा बढ्ने अवस्था आएको बैज्ञानिकहरु बताउँछन् ।

युनिभर्सिटी अफ डरहमका मनोबैज्ञानिक रसेल हिल तथा रोबर्ट बार्टनले लामो अध्यनपछि यस्तो निष्कर्ष
निकालेका हुन् ।

उनीहरुले सन् २००४ मा ओलम्पिक खेलमा सहभागी खेलाडीहरुमाथि अध्यन गर्दा रातो रंगका जर्सी लगाएका खेलाडीले जित्ने सम्भावना बढी हुने तथ्य समेत पत्ता लगाएका थिए ।

त्यसैगरी फुटवल खेलमा रातो रंगको जर्सी लगाएका खेलाडीहरुले पेनाल्टी सुटआउटमा गोल गर्ने सम्भावना बढी हुने अध्यनको निष्कर्ष छ ।

रातो रंग आक्रामकताको संकेत पनि मानिन्छ । अनुहार रातो हुँदा रिस वा उत्तेजना भएको बुझिन्छ ।

सपिङ भन्दा सहबासको बारेमा बढी सोंच्छन् महिला


सामान्यतया पुरुषले सेक्सको बारेमा बढी सोंच्छन् होला भन्ने धारणा छ । तर हालै गरिएको एक अध्यनले महिलाहरुले सपिङ वा घुम्ने फिर्ने भन्दा बढी यौन सम्बन्धकोबारेमा सोंच्ने देखाएको छ ।

महिलाहरुमा सेक्स सम्बन्धि विचार पुरुषमा भन्दा बढी हुने र उनीहरुलाई यसको चाहाना पनि पुरुषको तुलनामा बढि हुने अध्यनको निष्कर्ष छ ।

महिलाहरुलाई सबैभन्दा मन पर्ने गहना भनिन्छ । तर त्यसभन्दा पनि बढी सेक्सको चाहाना हुने शोधकर्ताहरुको दावी छ । उनीहरुले लाज मानेर यो चाहाना पति वा प्रेमीसँग ब्यक्त गर्न भने नसक्ने हुँदा दवाएर राख्छन् ।

पत्नि वा प्रेमिकासँग कहिल्यै पनि दुरीको सम्बन्ध नबनाउनुस् । ताकि उनीहरुले आफ्नो चाहाना खुलेर भन्न सकुन् । महिलाले सेक्सको लागि चाहाना ब्यक्त गरे वा त्यस्तो ब्यवहार देखाएमा अन्यथा लिइहाल्ने संस्कारका कारण महिलाहरुले यस्ता रहर मनमै च्याँपेर राख्न बाध्य भएका हुन् ।

कतिपय अवस्थामा आफ्नो प्रेमि वा पतिसँग यस्ता कुरा भन्न असहज मानेका महिला अन्य पुरुषसँग खुलेर सम्बन्ध बनाउन उद्दत समेत भएको पाइन्छ ।

महिलाहरुलाई पनि हुन्छ स्वप्न दोष


स्वप्न दोष भन्ने वित्तिकै पुरुषहरुले आफूहरुलाई मात्र हुने होला भन्ने ठान्छन् । तर यो समस्या महिलाहरुलाई पनि हुने नयाँ तथ्य बाहिर आएको छ ।

निधाइरहेको समयमा स्खलित हुने समस्यालाई एक प्रकारको रोग नै मानिनंछ । यस्तो समस्या पुरुषलाई मात्र नभएर महिलाहरुलाई पनि हुने एक अध्यनले पत्ता लगाएको हो ।

यौन क्रियाकलाप सम्बन्धी सपना देखेपछि स्खलित हुने समस्या पुरुष र महिला दुवैमा हुने अध्यनमा संलग्न शोधकर्ताहरुको भनाइ छ ।

अमेरिकी डाक्टर अल्फ्रेड किन्स्लले ६ हजार महिलाहरुमाथि अध्यन गरेका थिए । उनीहरु मध्ये ३७ प्रतिशत महिलाले ४५ वर्षको उमेरसम्म स्वप्नदोष हुने बताएका थिए ।

सपनामा यौन सम्बन्धि गतिविधी देखेपछि स्वप्नदोष हुने र यौन सम्बन्ध राख्दा भन्दा पनि बढी सन्तुष्टी मिल्ने समेत उनीहरुले खुलासा गरेका हुन् ।

सन् १९८६ मा गरिएको अध्यनमा भने निक्कै कम महिलामा स्वप्न दोष हुने र उमेर पनि कम हुँदा यस्तो समस्या हुने तथ्य बाहिर आएको थियो ।

नेदरल्याण्डको आम्स्टर्डम विश्वविद्यालयका मनोबैज्ञानिकहरुले महिलाहरुलाई सपनामै अर्गाज्म अर्थात चरम सन्तुष्टि हुने गरेको तथ्य बाहिर ल्याएका थिए ।

सम्बन्ध ध्वस्त पार्ने ६ कारण


जीवनमा सम्बन्धहरु जोडिने र छुट्टिने क्रमहरु चलिनै रहन्छन् । तर केही सम्बन्धहरु स्थायी हुन जरुरी छ । जस्तै बैबाहिक सम्बन्ध वा प्रेम सम्बन्ध । तर यस्ता सम्बन्धहरु पनि कतिपय अवस्थामा विनाकारण टुक्रिन पुग्छन् । यहाँ सम्बन्ध टुट्ने केही बिशिष्ठ कारणको चर्चा गरिएको छ ।

सम्बन्धमा गर्नै पर्ने र गर्नै नहुने केही कुराहरु हुन्छन् यसबारे विचार गर्न सकिएन भने सम्बन्ध टुट्ने प्रवल सम्भावना हुन्छ ।

हरेक कुरामा नकारात्मक टिप्पणीः

कुनै पनि मानिस पूर्ण हुँदैन । हरेक मान्छेका केही न केही कमजोरी हुन्छन् नै । यदि तपाइँले पार्टनरका हरेक ब्यवहारमा नकारात्मक टिप्पणी गर्न थाल्नु भो वा उताबाट यस्ता टिप्पणी हुन थालेभने बुझ्नुस् सम्बन्ध धरापमा छ । कसैले पनि हरेक कुरामा नकारात्मक टिप्पणी सुन्न चाँहदैन । यो भएन त्यो भएन । बोलेको मिलेन लगाएको मिलेन जस्ता टिप्पणी निरन्तर हुन थालेपछि यसले सम्बन्धलाई धरापमा पार्छ ।

आफ्नो मात्र कुराः

तपाइँले कुराकानीका क्रममा हरेक पटक आफ्नो मात्र कुरलाई बढी ध्यान दिनु भो भने सम्बन्धमा समस्या आउँछ । कुराकानी वा ब्यवहार गर्दा अरुका कुरालाई पनि महत्व दिनुस् । मेरै जागिर । मेरै कपडा । मेरै सबथोकको विषयमा कुरा गर्नु भो भने तपाइँको पार्टनरलाई दिक्क लाग्छ । अरुले सहयोग माग्दा पनि आफ्नै कुरा आफूले सहयोग माग्नु परे पनि आफ्नै कुरा गर्ने बानीले सम्बन्धलाई धरापमा पार्छ ।

अलमल वा हतारः

आफ्नो पार्टनरलाई परिवार वा अरुसँग चिनाउन हतार वा ढिलो गर्दा पनि सम्बन्ध धरापमा पर्न सक्छ । विस्तारै आफूले बुझेपछि सम्बन्धलाई सामाजिकीकरण गर्नु उत्तम हुन्छ । हतारमा साथीभाइलाई प्रेमी वा प्रेमिका भन्दै चिनाउँदा वा परिवारलाई भन्दा पनि समस्या आउन सक्छ साह्रै ढिलो सम्म सम्बन्धलाई गोप्य राख्दा पनि नकारात्मक असर पर्न सक्छ । हतार गर्दा सम्बन्ध टुटेमा समस्या आउँछ भने ढिलो गर्दा कतै धोका हुने त होइन भनेर एक अर्कामा आशंका बढ्छ ।

सुन्दरताको घमण्डः

सुन्दरताको घमण्डले पनि सम्बन्ध धरापमा पार्न सक्छ । जति सुकै सुन्दर भएपनि पार्टनरसँग सुन्दरताको घमण्ड नगर्नुस् । आफ्नो सुन्दरता प्रदर्शन गर्न हतार पनि नगर्नुस् । मातिने वा छिल्लिने गर्न पनि समय कुर्नुस् नयाँ सम्बन्धमा यस्ता कुराले नकारात्क असर पार्न सक्छ ।

अविश्वासः

अविश्वासले सम्बन्धलाई धरापमा पार्छ । कुनै पनि स्वस्थ सम्बन्धमा प्रेमको साथमा विश्वास पनि जरुरी छ । आफूलाई असुरक्षित महसुस गर्ने र पार्टनरलाई अविश्वास गर्ने ब्यवहार देखाउनु भो भने यसले राम्रो गर्दैन । हरेक कुरामा अविश्वास बढ्नु भनेको सम्बन्ध टुट्ने संकेत मात्र हो ।

गुनासो :

हरेक कुरामा गुनासो मात्र पार्टनरलाई नसुनाउनुस् । जागिरमा हाकिमले दुख दिएको वा आमा बुबाले आफुले भनेको नमान्ने जस्ता कुरा मात्र सुनाउँदा सम्बन्धमा दिक्कपना बढ्छ । तपाइँले आफ्ना सकारात्मक सोंच र उर्जाका कुरा बाँड्नु भो भने सम्बन्धमा पनि त्यसको प्रभाव देखिन्छ ।

सपनाको सम्भोगलाई यसरी लिन सकिन्छ


मानिसले सपना देख्नु सामान्य मानिन्छ । सपनामा मानिसले विभिन्न कुराहरु देख्ने गर्छ । त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । बैज्ञानिकहरुले एक अग्रेजी पत्रिकामा छापेको रिर्पोटका अनुसार कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण यी हुन सक्छन् ।

यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा


यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् ।

आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा

यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेतन मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।

कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा

यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा

यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र शारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।

प्रेमीसँग बिछोड भएको सपना देखेमा

प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन् ।

पार्टनरको हात समाउँदा यस्ता फाइदा


सम्बन्धमा एक अर्कालाई समय दिनु र एक अर्काका कुरा सुन्नु निक्कै महत्वपूर्ण मानिन्छ । यसै कारण प्रेमिल सम्बन्धमा सबैभन्दा जरुरी हुन्छ रोमान्स । कतिपय जोडीहरुले हात एक अर्काको हात समाउनु देखावटी मात्र हो कि जस्तो ठान्छन् । तर एक अर्कोको हात समाउँदा सम्बन्धमा धेरै नै सकारात्मक प्रभाव पार्छन् । हुन त हात समाउने कुरा समान्य लाग्छ । हात समाउँदा हुने ७ फाइदाबारे यहाँ चर्चा गरिएको छ ।

१ तनाव कम हुन्छ

काममा भैरहेको बोझ तनाव र अफिसको तनावबाट ग्रस्त भैरहेको समयमा एक आपसमा सम्हाल्नु कठिन हुन्छ । यस्तो समयमा केही समय निकालेर प्रेमी वा प्रेमिकासँग कतै निस्कनु र हात समाउँदा तनाव कम हुन्छ । यस्तो समयमा एक अर्काको हात समाउँदा अनुहारमा मुस्कान आउँछ त्यति मात्र होइन यस्ले बोझ नै कम गरेको जस्तो हुन्छ ।

२ समानताको अनुभव

हात समातेर हिँड्दा जोडीमा समानताको अनुभव हुन्छ । यसले सम्बन्धमा गहिरो आत्मीयता र सम्मान समेत जनाउँछ । हात समात्दा एक अर्काको भावना बुझ्न र बुझाउन सकिने अनुभव समेत हुन्छ ।

३ सम्बन्धमा गहनता

एक अर्काको समात्दा जोडीमा एक अर्काप्रति सम्बन्ध गहिरो हुँदै जान्छ । यसले सम्बन्धलाई मजबुद पनि बनाउँछ । एक अर्काको हात समात्दा शरीरबाट अक्सिटोसिन नामको अर्मोन पैदा हुन्छ यसले सम्बन्धलाई थप सुद्धृढ पार्छ ।

४ स्वस्थ बनाउँछ

एक अर्काको हात समात्दा शरीरमा पैदा हुने अक्सिटोसन नामक हर्मोनले आपसी सम्बन्ध बलियो पार्ने मात्र होइन स्वस्थ पनि बनाउँछ । यसले मुटुमा हुने समस्याबाट समेत जोगाउँछ ।

५ समर्पण भाव

एक अर्काको हात समात्दा जोडीमा एक अर्काप्रति समर्पित भएको महसुस हुन्छ । जसले बढी हात समात्छ उसको सम्बन्धमा त्यति नै बढी समर्पणको भाव हुन्छ । यसो गर्दा एक अर्काको साथ पनि बढि महसुस हुन्छ ।

६ सुरक्षाको अनुभूति 

सम्बन्धमा सुरक्षित महसुस गर्नु निक्कै जरुरी छ । पुरुष वा महिला दुवैलाई सुरक्षाको अनुभव भयो भनेमात्र त्यस्तो सम्बन्ध दिगो हुन्छ । पार्टनरले हात समाउँदा मानिसहरु ढुक्क महसुस गर्छन् । दुख र दर्द पनि कम हुन्छ ।

७ खुसी बढाउँछ

पार्टनरको हात समात्दा एक अर्कामा खुसीको सञ्चार हुन्छ । यसले एक अर्काप्रति प्रतिबद्धता र समर्पणका साथमा खुसी बढाउँछ । सम्बन्ध दिगो राख्न पार्टनरको हात समात्न नभुल्नुस् ।

महिलाले आफू भन्दा पाको पुरुष खोज्ने ६ कारण


हामीले समाजमा हेर्‍यौं भने अधिकाँश जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपपाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुन्छन् । यस्तो किन हुन्छ होला । खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । यहाँ महिलाले पाको उमेरको पुरुष खोज्ने ६ कारणको चर्चा गरिएको छ ।

१ सुरक्षित

केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिक रुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२ समझदारी

महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

३ दुनियाँको ज्ञान

पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४ शान्ति महसुस्

महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५ धोका नदिने

कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६ अनुभवी

महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

महिलासँग भुलेर पनि नसोध्नुस् यी ६ कुरा

महिला र पुरुषबीचको सम्बन्ध सदियौं देखि बहस र विवादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् ।

के हुन् त महिलालाई सोध्नै नहुने ६ प्रश्न ?

१ के म तिमीलाई चुम्बन गर्न सक्छु ? 

कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु ? भनेर सोध्नु हुँदैन । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरलाई बच्चा जस्तो लाग्छ ।

२ धन सम्पतिको धाक 

महिलाहरुले सम्पतिको धाक लगाउने र कुरा गर्दै गर्दै कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुती र आत्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ मेरो बाइक देख्या छ भनेर कहिल्यै पनि नसोध्नुस् ।

३ के गर्ने कसो गर्ने

कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं त्यो गरौं भनेको महिलालाई मन पर्छ नकि सबै कुरा सोध्ने पुरुष ।

४ केटा साथीको बारेमा

कुनै पनि स्त्रीलाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नकारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्रीलाई इर्श्या वा शंका गरेको अनुभव हुन्छ जुन् सम्बन्धका लागि घातक हुन्छ ।

५ कारण र स्पष्टिकरण

यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् । किन जवाफ नदिएको केहो भन्ने जस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाइँ उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

६ यौन पार्टनर

कुनै पनि स्त्रीलाई कति जना पुरुषसँग यौन सम्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।

यस्तो कल्पना कहिले पनि नगर्नुस् ! जीवन नै बर्वाद हुन्छ


मानिस कल्पनाशील प्राणी हो ।  मानिसले यौनिक कल्पना गर्नु अनौठो कुरा होइन ।

आफ्नो पार्टनरसँग यौनिक कल्पना पनि सामान्य नै मानिन्छ । तर अञ्जान मानिसहरुसँग पनि तपाइँले यौनिक कल्पना गर्न थाल्नु भो भने चाँही घातक हुने एक अध्यनले देखाएको छ ।

द हेल्थ नामक वेवसाइटमा प्रकाशित सामग्रीका अनुसार आफूसँग नजिक नभएका र धेरै चिनजान समेत नभएका ब्यक्तिसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र जीवनकै लागि घातक हुने उल्लेख छ ।

यस्तो कल्पनाले मानिसको यौन ब्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोग समेत देखिन सक्छ । उक्त अध्यनका अनुसार अधिकाँश मानिसहरु यौनिक कल्पना गर्छन् तर उनीहरुको कल्पना सामान्य नै हुन्छ । तर कतिपयमा भने अत्याधिक यौनिक कल्पना हुन्छ र त्यो पनि नचिनेका र घुलमिल नभएका ब्यक्तिसँग ।

क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको ब्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि घुलमिल कम भएका र देखेका मात्र ब्यक्तिसँग यौन सम्बन्ध राखेको कल्पना अत्याधिक हुनु घातक हुन्छ ।

उनले १ सय ९५ जोडी महिला र पुरुषमा यस्तो अध्यन गरेका थिए । त्यसैगरी उनले ३५५ जना विद्यार्थीसँग पनि यस विषयमा सोधेका थिए ।

कम चिनेको वा चिन्दै नचिनेको ब्यक्तिको विषयमा यौनिक कल्पना गर्ने ब्यक्तिमा यौन आक्रामकता बढी हुने र कतिपयमा मनोरोग समेत देखिने उनले बताएका छन् ।