Friday, January 27, 2017

पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?


चिकित्साशास्त्रको प्रारम्भिक काल देखि नै मानिसको पिसाबलाई स्वास्थ्य स्थिति थाहा पाउने राम्रो माध्यम मानिँदै आएको छ। पिसाबको रङ्ग, बाक्लो वा पातलोपन र गन्धले हाम्रो स्वास्थ्यको बारेमा धेरैले कुराहरू बताइरहेको हुन्छ।

हामीले खाएको खानाको प्रकारअनुसार पिसाबको रङ्गमा परिवर्तन हुने गर्दछ। यदि हामीले कुनै किसिमको मेडिकल औषधी सेवन गरिरहेका छौँ भने पनि पिसाबको रङ्ग गाढा अनि बढि गन्ध आउने हुन्छ। पिसाबको कुनै रङ्ग छैन, पारदर्शी छ भने हाम्रो शरीरमा पानीको मात्रा बढि भएको जनाउँदछ।
यसरी नै पिसाबको कस्तो रङ्गले कस्तो स्थितिलाई बुझाउँदछ, हेरौँः

Thursday, January 26, 2017

यी हुन पिसाव पोल्ने समस्या समाधानका ९ घरेलु उपाय



पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –
१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
२.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।
४पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।
५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।
७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.
८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

जति माँझ्दा पनि दाँत गन्हाउने र पहेंलो नै देखिन्छ ? यसरि सफा राख्नुस्



दाँत हरेक जीवहरुको निम्ति अत्यावश्यक छ ।तर मानिसलाई दाँत केवल कुनै चिज चपाउन मात्र होईन सौन्दर्य बढाउने एक माध्यमको रुपमा पनि पर्न आउँछ । तपाईहरु मध्य कतिपयलाई दाँत दिनहुँ सफा गर्ने गरेको तर कहिल्लै सेतो नदेखिने या दाँत पहेंलोनै देखिने गरेको छ भने यस्ता विधिहरु अपनाएर दाँतलाई सफा र सुन्दर राख्न सकिन्छ ।

हाम्रो गाउघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २(४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ । केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस र यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ , तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्यलाई पनि निकै फाईदा जनक छ ।

सुन्तलाको बोक्रा र तुलसीको पात लार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।


खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ ।

नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।

स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो्र यसमा पाइने मालिक एसिड ले दांत लाइ सेतो र चम्किलो बनाउछ ।

गर्भावस्थामा यौन सम्पर्क राख्नेकी नराख्ने ? डा ज्योती अग्रवाल


गर्भावस्थामा प्रायः कस्ता किसिमका समस्या देखिन्छन् ?
गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ ।

गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् ।

गर्भावस्थाको जटिलस्थितिको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
गर्भावस्थामा रगत बगिरहेको छ भने त्यसलाई जटिल अवस्थाको रूपमा लिइन्छ । यदि जुम्ल्याहा बच्चा छ भने पनि जटिल अवस्था सृजना हुनसक्छ । गर्भवती महिलामा प्रेसर, सुगर र जण्डिस देखिएमा जटिलता निम्तिन सक्छ । त्यसैले गर्भवतीको स्वास्थ्यमा धेरै ख्याल राख्नुपर्छ । गर्भावस्थाको अर्को जटिलता भनेको गर्भमा बच्चा उल्टो बस्ने, बच्चाले दिशा खाने, घाँटिमा साल बेरिनेलगायतका हुन् । यस्ता समस्याको पहिचानका लागि भिडियो एक्सरे गर्नुपर्छ । कहिलेकाँही गर्भ पाठेघरमा नबसी ट्युब वा अण्डाशयमा पनि बस्न सक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सि भनिन्छ । सामान्य अवस्थाको गर्भमा पाठेघरको मुख गर्भावस्थाभर बन्द रहन्छ । तर गर्भावस्थाको तेस्रो महिनापछि पाठेघरको मुख खुली गर्भपतन हुनसक्छ । यसबाट पनि सचेत रहनुपर्छ । गर्भावस्थामा डिप्रेसनको समस्या पनि देखिने हुनाले यसप्रति परिवारका सदस्यहरु सजग रहनुपर्छ ।


गर्भ खेरजाने (गर्भपतन हुने) कारणहरु के के हुन् ?
गर्भमा रहेको बच्चा जन्मने अवधि नपुग्दै खेर जानुलाई गर्भपतन भनिन्छ । तीन जना गर्भवतीमा एकजनाको गर्भपतन हुने गर्दछ । कतिपय अवस्थामा थाहा नपाई पनि गर्भपतन हुने गर्दछ । अझैपनि गर्भपतन भएका पाँच जना मध्ये दुई जनाको कारण पत्ता लाग्न सकेको छैन । उमेर बढी भएका महिलामा गर्भपतन हुने सम्भावना बढी हुन्छ । त्यस्तै मधुमेह, कलेजो रोग, हार्मोनको असन्तुलन, रोगको संक्रमण, धुम्रपान, मद्यपान, असुरक्षित यात्रा आदिले पनि गर्भपतन गराउन सक्छ । २५ प्रतिशत गर्भपतन क्रोमोजोनल डिफेक्टले पनि हुन्छ । क्रोमाजोनल डिफेक्ट अण्डासय वा शुक्रकिटको खराबीले हुन सक्छ । कहिलेकाहिँ कामको लोडले पनि गर्भपतन हुनसक्छ ।
गर्भपतन भएको कती समयपछि पुनः गर्भधारण गर्न सकिन्छ ?

गर्भपतन भएको तीन महिनापछि गर्भधारण गर्न सकिन्छ । तर कतिपय अवस्थामा लामो समयसम्म गर्भधारण गर्न नहुने अवस्था पनि हुनसक्छ । यसका लागि गर्भधारण पूर्व प्रसुतिरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । समयमै ध्यान पुर्‍याउन सके पुनः गर्भपतन हुने सम्भावना कम हुन्छ ।

गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । अन्य सामान्य अवस्था भएका महिलाको पनि तर यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन । तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।

गर्भावस्थामा खानामा अपनाउनुपर्ने सावधानीहरु के के हुन् ?
गर्भवती अवस्थामा लामो समयसम्म पेट खाली राख्नु हुदैन । खाना एकैपटक धेरै नखाई पटक÷पटक थोरै पोषिलो खाना खानुपर्छ । गर्भावस्थामा अमिलो पिरो खान मन लागेपनि खानु हुँदैन । अमिलो पिरो खानाले ग्याष्टिक हुने र वान्ता हुने गर्दछ । प्रोटिनजन्य खाद्य पदार्थ बढी मात्रामा खानुपर्छ । जसमा गेडागुडी, दुध, दही, माछा मासु, अण्डा, हरीया सागपात, ताजा फलफूल प्रसस्त खानुपर्छ । कब्जियत हुन नदिनका लागि झोल कुराहरु बढी मात्रामा खानुपर्छ । गर्भावस्थामा आइरनको मात्रा बढी चाहिने हुनाले सागसब्जी बढी खानुपर्छ । गर्भावस्थामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुहुदैन । यसले आमालाई मात्र होईन बच्चालाई पनि असर गर्दछ ।


जति तितो नीमपत्ता, ऊति नै बहुऊपयोगीः यस्ता स्वास्थ्य समस्यामा नीमपत्ता घरेलु औँषधीको रुपमा प्रयोग गर्न सकिन्छ (जानिराखौं)


जति तितो नीमपत्ता, ऊति नै बहुऊपयोगीः यस्ता स्वास्थ्य समस्यामा नीमपत्ता घरेलु औँषधीको रुपमा प्रयोग गर्न सकिन्छ (जानिराखौं)
  ज्वरो आएमा
यदि शरिरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस् आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।
 औलोको ज्वरोमा
नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान्बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
 कपाल दुखेकोमा
नीमको ताजा पातको रस निकालेर २-२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।
 कान दुखेमा
नीमको पातको रस मनतातो पारेर कानमा ३/४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।
 आँखा दुखेमा
नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३/४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।
दाँतको रोगमा
नीमको फूलको काँढा पकाएर बिहान्बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।
 नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
 दमको रोगमा
नीमको तेल १० थोपा सादापानमा हालेर बिहान्बेलुका खाने गरेमा दम ठीक हुन्छ ।
 झाडा लागेमा
नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।
 हैजाले गोडा बाउँडिएमा
हात गोडामा राम्ररी २/३ पटक नीमको तेल लगाएमा हैजाले गोडा बाउँडिएको ठीक हुन्छ ।
 शीत पित्तमा
नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।
 वात रक्तमा
नीमको गेडाको लेदो एक चम्चा वा पातको लेदो एक चम्चा ३/४ महिना नियमित खाने गरेमा वातरक्त निको हुन्छ । यसै प्रक्रिया द्धारा कुष्ठरोग, क्षयरोगको ज्वरो, अजीर्ण, चर्मरोग सम्पूर्ण निको भएर आउँछ ।
 जुको परेमा
दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २/४ दिनमा नै पेटको जुका मर्नेछन् ।
 डण्डीफोर
नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ। नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।
 हृदयघात
यो नीमको जूस महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ ।
 पिलिया
नीमको पातहरुको रस र सुद्ध महलाई २ भागको १ भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ।
 बिकार
नीमको रस कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ । नीमको जूस पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ ।
 कपाल मुलायम
नीमको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाउँछ ।
 छालालाई आकर्षक
शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ।
 आँखा तेजिलो
नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।
 छाला सम्बन्धि रोग
यसको साथै छाला सम्बन्धि रोगहरु जस्तैस् एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।
 गिजाबाट रगत आउने रोग
पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ। यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ । नीमको फूलले पने निकै फाइदा गर्दछ। नीमको फुललाई मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ। नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ।
 सेतो दुबीमा
नीमको फल, फूल र पात बराबर लिएर मसिनो गरी पिंध्नु र शर्वत जस्तै १ गिलास पानीमा घोलेर पिउनु, यसरी पिएमा २०/३० दिनमा सेतो दुबी ठीक हुन्छ ।
 प्रसुति कष्टमा
नीमको जरा गर्भवती स्त्रीको कम्मरमा बाँध्नाले बच्चा सजिलैसँग जन्मन्छ तर बच्चा हुने बित्तिकै जरा फुकाएर फ्याकिदिनु पर्छ ।
 क्यान्सरको घाउमा
नीमको काठ पानीमा चन्दन झै घोटेर बाक्लो लेप गर्नाले क्यान्सरको घाउ पनि निको भएर आउँछ ।
 बिच्छी र बारुलाले टोकेकोमा
नीमको पात कुटेर रस निकाल्ने र टोकेको ठाउँमा राम्ररी दल्नाले आराम गर्दछ ।
 अंग नचलेमा वा पक्षघात भएमा
मरिचको धूलो, निमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
सेतो दूबीमा
१० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
 अनुहार सुख्खा भएमा
मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

खोकी लागेको छ ? घरमै यसरी तयार पार्नुस् कफ सिरप



खोकी लाग्यो भने औषधि पसलबाट कफ सिरप किनेर खाइहाल्ने चलन हुन्छ । तर कफ सिरपको नाम लिने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आउने कुरा हो की यो खाएपछि बढि निद्रा लाग्छ ।

के यस्तो बढि निद्रा लगाउने कफ सिरप औषधि पसलबाटै खरीद गरेर खानुपर्छ भन्ने छ र ? छैन । तपाइँ आफैले घरमै कफ सिरप बनाउन सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र तपाइँको खोकी पनि भगाइदिन्छ । घरमै कफ सिरप बनाउनका लागि तपाइँलाई चाहिने कुराहरु हुन् अदुवा, मह, कागती ।

अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ । अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ । मह पनि औषधिय गुणले युक्त हुन्छ । यसमा एन्टीअक्सिडेन्टका साथै जिवाणु प्रतिरोधी गुण हुन्छ र संक्रमणबाट बचाउने काम गर्दछ ।

त्यस्तै कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टीअक्सिडेन्टले भरिपूर्ण कागजतीले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ । त्यस्तै ग्लिसरिनले प्राकृतिक पि्रजर्भेटिभ अर्थात् संरक्षकको काम गर्दछ ।
कसरी बनाउने कफ सिरप ?
यसका लागि तपाइँलाई अदुवा, मह, दुइवटा कागती तथा पानी आवश्यक पर्दछ । सबैभनदा पहिले अदुवालाई सफा गरेर बोक्रा छिलेर टुक्रा टुक्रा पारेर काट्नुस् । एउटा कागती निचोरेर रस निकाल्नुहोस् । एउटा भाँडोमा एक कप पानी तताउनुहोस् । त्यसमा टुक्रा पारेको अलिकति अदुवा तथा आधा चम्चा कागतीको रस मिसाउनुहोस् ।


उक्त मिश्रणलाई पाँच मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् । छानेको उक्त घोलमा केही मह मिसाउनुहोस् । र हल्का तताउनुहोस् । त्यसपछि त्यसमा दुइवटा कागती निचोर्नुहोस् ।

उक्त मिश्रणलाई पुनः केही बेर पकाउनुहोस् र त्यसलाई उतारेर कुनै सिसा वा प्लास्टिकको भाँडोमा खन्याउनुहोस् । त्यसपछि उक्त पदार्थलाई तपाइँ रुघाखोकी तथा चिसो लागेको बेला खान सक्नुहुन्छ । यसले तपाइँको रुघाखोकी भगाउनेछ ।

उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा


अङ्कुर पलाएको (टुसा उम्रेको) अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ।

टुसा पलाएको अन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ। शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम ‘टुसा पलाएको अन्न’ले गर्दछ।
 अङ्कुरित अन्नको पोषणको मूल्याङ्कन गर्दा
टुसा पलाएको गेडागुडी अर्थात अङ्कुरित अन्नबाट हुने सबै स्वास्थ्य फाइदाहरू यसमा पाइने भिटामिन, खनिज पदार्थ अनि जैविक तत्वबाटै आउने गर्दछ। यसमा प्रोटिन अनि फाइबरको मात्रा पनि प्रशस्तै हुन्छ। साथै यसमा भिटामिन-के, फोलेट, प्यान्टोथेनिक एसिड, भिटामिन-सी र भिटामिन-ए पनि पाइन्छन्।
खनिज पदार्थको कुरा गर्दा अङ्कुरित अन्नमा माङ्गानिज, तामा, जिङ्क, म्याग्नेसियम, फलाम र क्याल्सियम पाइन्छ। गेडागुडीमा टुसा नपलाउँदा सम्म यस्ता पौष्टिक तत्वहरूको मात्रा थोरै हुने गर्दछ भने टुसा पलाउन थालेपछि यिनीहरूको मात्रा ह्वात्तै बढेर आउँदछ।
 अङ्कुरित अन्नका स्वास्थ्य फाइदाहरूः
१. पाचन शक्तिः
गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ। इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ। जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँदछ।
२. रक्तसञ्चारः
शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ। रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन। यदि हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ, किनभने रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व भनेकै फलाम हो। यसले गर्दा शरीर आलश्य हुने, एकाग्रताशक्ति घट्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पेटमा गडबडी हुने जस्ता समस्याहरू देखा पर्दछन्।
टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ।
३. मोटोपनाः
अङ्कुरित अन्न यस्तो खानेकुरा हो, जसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ। यसको मतलब तपाईँले कुनै चिन्ता नै नगरी यसलाई खान सक्नुहुन्छ। फेरि, यसमा हुने फाइबरले गर्दा शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ। *घ्रेलिन हरमोनले हामीलाई भोक लागेको छ भनेर मस्तिष्कमा सूचना पठाउने गर्दछ।* जसले गर्दा अघाउनको लागि टन्नै खानुपर्ने जरुरी हुँदैन। र मोटोपनाको चिन्ता पनि हुँदैन।
. मुटुको स्वास्थ्यः
अङ्कुरित अन्न ‘ओमेगा-३ फ्याटी एसिड’को राम्रो श्रोत हो। हुन त यो एकप्रकारको कोलेस्ट्रोल नै हो, तर ‘राम्रो कोलेस्ट्रोल’ हो। यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ। साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँदछ। मतलब ‘नो कोलेस्ट्रोल’ अनि ‘नो ब्लड प्रेसर’।

५. शिशुको स्वास्थ्यः
अधिकांश शिशुहरूमा ‘फोलेट’ नामक खनिज पदार्थको कमि हुँदा ‘न्यूरल ट्यूब डिफेक्ट’ हुने गर्दछ। यो भनेको मस्तिष्कको समस्या हो। यो समस्या हुँदा बच्चाहरूको दिमाग बोधो हुने, चाँडै बोल्न नसक्ने, भनेको कुरा चाँडै बुझ्न नसक्ने जस्ता खतरनाक समस्याहरू देखा पर्दछन्। अङ्कुरित अन्नमा प्रशस्त मात्रामा फोलेट पाइन्छ, जसले गर्दा तपाईँको शिशुमा यस्ता घातक समस्या हुनबाट बचाउँदछ।
. क्यान्सरः
टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ। भिटामिन-सी, भिटामिन-ए र एमिनो एसिड, प्रोटिन अनि इन्जाइमले शरीरमा ‘फ्री राडिकल’को मात्रा प्रभाव पार्दछ। *फ्री राडिकल भनेको पाचनप्रक्रियाबाट निस्कने खतरनाक तत्व हो जसले स्वस्थ कोषलाई क्यान्सरयुक्त कोषमा परिणत गर्दछ।* त्यसैले अङ्कुरित अन्नले क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ।
 ७. प्रतिरक्षा प्रणालीः
अङ्कुरित अन्नलाई ‘प्रतिरक्षा शक्ति बढाउने खानेकुरा’ भन्न मिल्ने कारणहरू थुप्रै छन्। यसमा हुने भिटामिन-सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ। साथै, जब अङ्कुरको विकास हुन थाल्दछ तब भिटामिन-ए को मात्रा १० गुणाले बढ्दै जान्छ, जसले सेतो रक्तकोषको शक्ति र विकासमा मद्दत पुर्याउँदछ।
 ८. आँखाको स्वास्थ्यः
माथि नै उल्लेख गरेअनुसार अङ्कुरित अन्नमा प्रशस्त भिटामिन-ए पाइन्छ। र हाम्रो आँखाको दृश्य शक्तिलाई बढाउने एउटै मात्र तत्व भनेको भिटामिन-ए नै हो। यसमा हुने एण्टिअक्सिडेन्ट तत्वले आँखाको रेटिनाको कोषलाई फ्री राडिकलबाट बचाउँदछ र उमेरसँगै रेटिनाको ह्रास हुने क्रमलाई पनि घटाउँदछ। त्यसैले चस्मा लगाउन छोड्न चाहनुहुन्छ अनि यो सुन्दर संसारलाई राम्रोसँग नियाल्न चाहनुहुन्छ भने दिनहुँ ‘अङ्कुरित अन्न’ खानुहोस्।

अति महत्वपूर्ण नोटः
अङ्कुर पलाएको अन्नलाई काँचै खाँदा सबैभन्दा उचित हुन्छ। तर, यसमा धेरैकिसिमका ब्याक्टेरियाहरू पाइने अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले अङ्कुरित अन्नको सेवन गर्दा राम्रोसँग सफा गरेर अझ सकिन्छ भने तातो पानीले पखालेर खाँदा सबैभन्दा उचित हुन्छ।