Tuesday, July 28, 2015

अबको नयाँ सरकारका गृहमन्त्री रमेश खरेल !

काठमाडौं, १२ साउन । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेललाई निकै इमान्दार अफिसर मान्ने गरिन्छ ।
पछिल्लो समय गुमनाम बनेका खरेल क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा तालिम दिएर बसिरहेका छन् । अपराधीको अखडा नै समाप्त पार्ने खरेलले नेतालाई पनि छाडेका छैनन् । केही दिनपहिले उनले नेपालका नेताहरुलाई जनताको भाषामा चेतावनी दिएको खबर दैनिक नेपालले प्रकाशित गरेको थियो । जुन १ लाख बढीले पढेका छन् । जसमा धेरै खरेललाई राजनीतिमा आउन सुझाव दिएका छन् ।
उनको त्यो चेतावनीपछि कतिपयले अबको नयाँ सरकारमा गृहमन्त्रीको रुपमा उनलाई प्रस्ताव गरेका छन् । देश संविधान निर्माण प्रक्रियामा रहेका बेला नेताहरुले आलटाल गर्न खोजेको भन्दै ‘अब नि जनताले हेरेर बस्ने छैनन्’ भनेर उनले जनताको भाषामा चेतावनी दिएका थिए ।
यो चेतावनीपछि उनका समर्थकहरुले नयाँ संविधानपछिको नयाँ सरकारमा रमेश खरेललाई गृहमन्त्री बनाउन सुझाव दिएका छन् । भने, कतिपयले जागिरबाट अवकाश पाएपछि राजनीति गर्न सुझाव दिएका छन् । केहीले त प्रहरी प्रमुख हुन आग्रह गरेका छन् ।
सुदाम थापा लेख्छन्-‘रिटायर पछि राजनीति गर्नुपर्छ सर, अनी गृहमन्त्री बनेर देशलार्इ चलाउनुपर्छ, अब सक्षम व्यक्तिहरु राजनीतिमा आउनुपर्छ, नेपाल आमा को जय होस्।’
नरबहादुर केसी लेख्छन्-‘देशभक्ति निष्ठावान निस्वार्थी क्रान्तिकारी विचारधारा भाको राष्ट्रसेवक यो देशका नेताको लागि सौताको छोरो मुटुको किलो भने जस्तै हुन्छ । रमेश खरेल एकपटक प्रहरी प्रमुख हुनुपर्छ तब सुध्रिन्छ देश ।’
विन्दास लेख्छन्-‘रमेश खरेल जस्तो देश भक्तहरु नेपाल आमाको लागि खाँचो छ ।’ अरुण पाण्डक लेख्छन्-‘नेपालको राजनीति क्षेत्रमा तपाईं जस्तो मानिसको ठूलो खाँचो छ । कृपया अवकाशपछि राजनीतिमा सक्रिय भई अहिलेका जस्ता विदेशी प्रभूहरूको ईशारामा नाच्ने नेता भनाउँदाहरूलाई पाखा लगाई देश र जनताको सेवा गर्नु होला । अग्रिम शुभकामना ।’
गुणा बर्मा लेख्छन्-‘हजारौं नेता होइन् १० रशेम खरेलको आवश्यकता छ नेपालमा ।’ धोज धानुक लेख्छन्-‘देशमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति भए रमेश खरेललाई बनाउनुपर्छ ।’
छत्र श्रेष्ठ लेख्छन्-‘यहाँ हजुरको छ खाँचो खरेल जी जोगाउ यो देशको माटो । खोजी राछ हजुरलाई यो देश ले ।’ ऋषिकेश अधिकारी लेख्छन्-‘यस्ता भ्रस्टचारी नेताहरुलाई तह लगाउन को लागि तपाईं जस्तो स्वच्छ छवी भएको इमान्दार नेपालको सपूतको यो देशलाइ खाचो छ । तपाईं रिटायर भएपछि राजनीतिमा आएर यस्ता विदेशीको दलाललाई ठिक पार्नु पर्दछ । जय देश जय नेपाल ।’
सुरज बस्याल लेख्छन्-‘होसियार दलालहरु रमेश खरेलको फन्दाबाट । नेता होस् या आम् जनता । रिटायरपछि राजनीति गर्नुपर्छ सर, अनी गृहमन्त्री बनेर देशलार्इ चलाउनु पर्छ, अब सक्षम व्यक्तिहरु राजनीतिमा आउनुपर्छ, नेपाल आमा को जय होस् ।’
मिलन गुरुङ लेख्छन्-‘सलाम छ सर हजुरलाई । अब रिटाएर भएपछि राजनीतिमा आउनुहोस हामीलाई हजुर जस्तै कडा अनि देशभक्त नेताको खाँचो छ । गृहमन्त्रीको पदमा आउनुहोस चुनाव लड्नुहोस् ।’
टेकप्रसाद घिमिरे लेख्छन्-‘नियम र कानुन मिचेर मनोमानी गर्ने र देश टुक्रयाउने खेलमा लागेका अनि भ्रष्टाचारीमा लागेर राज्यको ढुकुटी स्वाहा पार्नमा लागेका भ्रष्ट र विखण्डनकारी नेपालमा वसेर खाएर अरु कसैको गुणगान गाउन पल्केका राष्ट्रघातीहरुलाई कारवाहीको दायरामा ल्याउनु यहाँ जस्तो इमान्दार कर्तब्यनिष्ट सक्षम देश र जनताका सेवामा अहोरात्र खट्ने राष्ट्र सेवकले अब केही गर्नै पर्ने वेला आएको छ यसमा हाम्रो पनि साथ रहने छ ।’
रमेश खरेलको समर्थनमा आएका यी सुझाव र विचार हेर्दा अब उनलाई प्रहरीको जागिर भन्दा पनि राजनीति गर्नु जरुरी छ । प्रहरीमा जागिर खाँदा अगाडि बढ्न नदिने भएकाले राजनीतिमा आएर देशको नेतृत्व लिन समेत समर्थकले सुझाव दिएका छन् ।
नयाँ संविधान बन्ने क्रममा अहिले प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणालीका लागू गर्ने विषयमा बहसमै छ । यदी यो बहस सार्थक भए रमेश खरेल गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म बन्ने बाटो खुल्ने छ । देशको नेतृत्व दिएर भ्रष्टाचार र अपराधलाई सशक्तरुपमा नियन्त्रण गर्न सफल हुने समर्थकहरुको विश्वास छ ।
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment