Wednesday, July 29, 2015

‘सत्तालिप्सा त्याग्नुस्, प्रजातन्त्रमा विश्वास गर्नुस्’ : ओबामा

१३ साउन, इथियोपिया ।

अमेरिकी राष्ट्रपतिले आफ्नो अफ्रिकी युनियनलाई मङ्गलबार गरेको सम्बोधनमा अफ्रिकी नेताहरुलाई प्रजातान्त्रिक शासन प्रणालीमाथि विश्वास राख्न आग्रह गरेका छन ।

राष्ट्रपति ओबामाले सम्बोधनका क्रममा भने, “सत्तालिप्सा त्याग्नुस र अफ्रिकाबाट भ्रष्टाचार अन्त्य गरी शान्ति अनि अमन चयन कायम गर्ने अठोट गर्नुस ।”

सम्बोधनमा उनले विश्वको अफ्रिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेसमेत उक्त अवसरमा बताए । अफ्रिकी राष्ट्रहरुमा उद्योग, कलकारखाना तथा व्यापारिक गतिविधिलाई समेत बढाउन आग्रह गर्नु हुँदै वैदेशिक सहायतामा मात्रै निर्भर नरहन अनुरोध गरे ।

राष्ट्रपति ओबामाले अमेरिका अफ्रिकासँग आतङ्कवाद र द्वन्द्व हटाउने अभियानमा सधैँसँगै रहने विश्वास दिलाए।



अफ्रिकाको प्रजातान्त्रिक विकासका लागि सम्बन्धित राष्ट्रका नेताहरुले प्रजातान्त्रिक अभ्यासमा विश्वास गर्नुसमेत जरुरी भएको बताउनुहुँदै उनले भने, “कोही पनि जीवनभर राष्ट्रपति रहन सक्दैन ।”

“आज म तपाईहरुसँग इमान्दारका साथ भन्नु चाहन्छु, म मेरो दोस्रो कार्यकालमा छु र मेरो काम मन पराउँछु । तर हाम्रो संविधानअनुसार अर्को कार्यकालका लागि निर्वाचनमा जान पाउँदिन । साँच्चै, मलाई लाग्छ, म एउटा असल अमेरिकी राष्ट्रपति हुँ । यदी म चुनावमा उठेँ भने मेरो जीत पक्का छ तर, म चुनावमा उठ्न सक्दिन,” राष्ट्रपति ओबामाले अमेरिकी प्रजातान्त्रिक अभ्यासलाई व्याख्या गर्दै भने ।

अफ्रिकाको आर्थिक विकासलाई केही कुराले पनि छेक्न सक्दैन भन्दै अर्थतन्त्रको विकास भ्रष्टाचारको रोग नियन्त्रणभन्दा पनि आवश्यक छ । यहाँ ब्याप्त असमानता र महिला तथा बालबालिकामाथि हुने लैङ्गिक हिंसा अन्त्य हुनु पनि जरुरी छ, उनले भने ।

बुरुन्डीका राष्ट्रपति पिएरो कुरुन्जिजाको सत्तालिप्साका कारण भएको हप्तौँ लामो आन्दोलनलाई सङ्केत गर्दै ओबामाले भने, पिएरोको सत्तामा रहिरहने इच्छाका कारण सानो अफ्रिकी राष्ट्रमा अशान्ति तथा अस्थिरता उत्पन्न भएको छ ।

अफ्रिकी युनियनलाई सम्बोधन गर्दै उनले आफ्नो राष्ट्र अफ्रिकामा ब्याप्त आतङ्कवाद र द्वन्द्वलाई नामेट पार्दै उक्त महादेशमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गराउन अमेरिका सधैँ अफ्रिकासँग रहने प्रतिबद्धतासमेत उक्त अवसरमा जनाए ।

सोमालियाको सेबाब, नाइजेरियाको बोको हराम, माली र ट्युनिसियाको विद्रोह, युगान्डाको सैन्य विद्रोह दक्षिण अफ्रिकाका लागि चुनौती रहेको बताए ।

अमेरिका सधैँ अफ्रिकी युनियनको सैन्य प्रयासलाई सहयोग गर्नेछ भन्दै भने, ‘बहादुर अफ्रिकी शान्ति सेना’ लाई अमेरिका सम्मान गर्छ ।

धेरै मुसलमान समूहले धर्मको झण्डा बोकिरहेको बताउँदै भने सयौँ लाख अफ्रिकी मुसलमानलाई इस्लाम भनेको शान्ति हो भन्ने थाहा छ ।

उनले अलकायदा, इस्लामिक स्टेट, अल सेबाब, बोको हरामलाई ‘हत्यारा’ भन्नु पर्छ भन्दै शान्ति यात्रामा सामेल नहुञ्जेल यी समूहविरुद्ध सधैँ लड्ने प्रतिबद्धता व्यक्त गरे । रासस÷एएफपीnepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment