नजयचबजष्ण्ज्ञहत्याको अभियोगमा सोही ठाउँका ज्वाई नाता पर्ने ३८ बर्षिय रमेश बिश्वकर्मालाई खुकुरी सहित पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आईतबार देउखुरी सतबरीया गाबिस २ कप्तानगञ्ज रमेशलाई खुकुरी सहित पक्राउ गरेको थियो ।
रमेशको वयानका आधारमा घटना भएको ६ सय मिटर पूर्व मकैबारीमा सोमबार गाडिएको अबस्थामा टाउको फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले जानकारी दिनुभयो । अन्य कलेजो, फोक्सो र आन्द्रा भने भेटिएको छैन् ।
टाउको गाडेको स्थान देखाए पनि मानसिक रोगि रहेका रमेशले अरुले नै हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । सोधपुछको क्रम जारी रहेको र थप अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभएको छ ।
नजयचबजष्ण्द्दमानसिक रोगि रहेकी देवकी २५ बर्ष देखी त्रिपुर ४ सौरीमा दाजु डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएको र बिहिबार बहिनी विमला बिश्वकर्माको घरमा आएको बेला हत्या भएको थियो । घर नजिकैको भान्सामा सुतेकी देवकीको हत्या पछि टाउको, कलेजो, फोक्सा र आन्द्रा सहित हत्यारा बेपत्ता भएको थियो ।
रमेशको नाममा पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । जाहेरी र रमेशको चालचलनका बारेमा अनुसन्धान गर्दा उनि नै दोषि रहेको प्रहरीले बताएको छ । यस अघि पनि रमेशले चौघेरामा समाधीबाट टाउको निकाल्ने, भेडा बाख्रा काट्ने हर्कत गर्दै आएको स्थानियले बताएका छन् ।
Photo: tulsipuronline.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment