Sunday, July 26, 2015

घटिरहेको सुनको भाउ आज बढ्यो

केही दिनदेखि ओरालो झरेको सुनको भाउ आज आइतवार भने बढेको छ।

शुक्रवार प्रतितोला ४७ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुनको भाउ आज ८ सयले बढेर पुनः ४८ हजारमा कायम भएको छ। सुनको भाउ अझै घट्ने अनुमान गरिएका बेला आइतवार भाउ बढेको हो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। शुक्रवार तोलाको ६ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज आइतवार ६ सय ६५ मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटेकाले नेपालमा पनि यसको भाउ घट्दै आएको थियो। अमेरिकी व्याजदर बढ्ने अपेक्षाले लगानीकर्ताहरु सुनभन्दा डलरमै आकर्षित भएपछि सुनको भाउमा केही गिरावट आएको हो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment