Wednesday, July 29, 2015

आजको राशिफल वि.सं.२०७२ साल श्रावण १३ गते बुधबार,


durga_jyotishवि.सं.२०७२ साल श्रावण १३ गते बुधबार,
इ स २०१५ जुलाई २९ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्लपक्षको त्रयोदशी तिथि साझ०७:३३ बजेसम्म उप्रान्त चतुर्दशी,
मूल नक्षत्र मध्यान्ह १२:०१ बजेसम्म उप्रान्त पूर्बषाढा,
बैधृति योग रात्रि ११:५९ बजेसम्म उप्रान्त बिष्कुम्भ,
कौलब करण बिहान ०८:०० बजेसम्म,तैतिल साझ ०७:३३ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा ध्वज योग,
चन्द्रमा धनु राशिमा,
काठमाडौंमा सूर्योदय ५:२५ बजे, सूर्यास्त ६:५० बजे,
दिनमान ३३ घडी ४२ पला 
राहुकाल मध्यान्ह १२:०९ बजे देखी दिउसो ०१:५१ बजेसम्म ।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
सुकेधारा/माछापोखरी काठमाडौँ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
धर्म कर्ममा निकै रुची बढ्नेछ,आइलागेका विभिन्न जटिलता र झैँ-झमेलामा समाधानको उपाय भेटिनेछ,मान्यजनको सहयोगले अगाडी बढ्ने बाटो खोज्न सहायता गर्नेछ,बहुमुल्य बस्तु हराउनुको साथै आकस्मिक जरिवाना समेत तिर्नु पर्ने हुन सक्छ,कर्ममा दृढ भएर लागे आज भाग्यको राम्रो साथ मिल्नेछ,आजको लागि शुभ अंक २,शुभ रंग हरियो हो भने कामको सुरुवात गर्नु पूर्ब आफ़्नो कुलदेवताको स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
आजको दिन विभिन्न किसिमका झमेलामा फसेर नै बित्न सक्ने देखिन्छ,शारीरिक अस्वस्थता बढ्नाले काममा निरन्तरता दिन नसकिएला,आफ्नै कमजोरीले आफन्त ताथा साथिभाइ संगको साथ छुट्न सक्छ,सवारी साधनको प्रयोग निकै महँगो साबित हुन सक्छ इष्टदेबको दर्शन पूजा गरेर मात्र नया कममा लाग्नुहोला,,आजको लागि शुभ अंक ४,शुभ रंग रातो हो भने कामको सुरुवात गर्नु पूर्ब इन्द्रायणी भगवतीको दर्शन पूजा र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रेमी जोडीहरुको लागि निकै सुखद समय रहनेछ भने सम्बंध निकै सुमधुर रहनेछ,मिठा मिठा खानेकुरा हात लाग्नेछन,नया बाहन तथा पहिरन प्राप्तिको योग देखिन्छ,लामो यात्राको प्रारम्भ गरिएला,व्यापारिक साझेदारी अझै कसिलो बन्नेछ,अपरिचितलाई छिटो बिस्वास नगर्नु होला घात हुन सक्छ,कलाकारिता क्षेत्रमा फड्को मर्न सकिनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग खैरो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नमो भगवते वासुदेबाय यो मन्त्र १२ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
बहुमुल्य बस्तु हराउन वा टुटफुट हुन सक्छ,शत्रु पक्ष बलावान रहनेछन तथापि मुकाबिला गर्न सक्ने शक्ति बढ्नाले शत्रु पक्ष झस्किने छन्,स्वास्थमा देखिएका नकारात्मक प्रभाब बिस्तारै हटेर जानेछ, पढाइ लेखाइको पाटो भने खासै उभो लाग्ने देखिन्न,बिपरित लिंगीको सहयोग निकै फलदायी रहनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
पढाइ लेखाइमा केहि सुधारको आभास हुनेछ,मनमा सु-बिचारको आगमन हुनेछ भने आफन्त संगको किचलो क्रमश घटेर जानेछ,साहित्यिक र खेलकुदको क्षेत्रमा पद प्रतिष्ठा हात लाग्नेछ,आज धर्म कर्ममा समय बित्नेछ भने सन्तान तथा अनुयायीहरुको प्रशस्त सहयोग पाइनेछ,खानपानमा आउने असाबधानिले पेट सम्बन्धि समस्या देखिन सक्छ,आजको लागि शुभ अंक १,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नम: शिवाय यो मन्त्र ११ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पारिवारिक काममा समय बित्नेछ,समाजका विशिष्ट व्यक्ति संगको निकटता बढ्नेछ,कामकाजमा निकै खटिनु पर्नेछ भने कामको सहि मुल्यांकन नहुन सक्ने अबस्था छ,सवारी साधन र जग्गा जमिन जस्ता ब्यबसायमा नोक्सानी व्यहोर्नु पर्ने हुन सक्छ,यात्राको लागि समय खासै उचित छैन,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ हनुमतये नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
प्रियजन संगको निकटता बढ्नेछ,काम गरे अनुरुप समाजमा मान प्रतिष्ठा पाइनेछ,पुराना साथी संगी संगको भेटघाटले आनन्दित महसुस गराउनेछ,कठिन र साहसिक कार्यमा लाग्ने रुची बढ्नेछ भने सफलता पनि मनग्य हात लाग्ने समय छ,दाजु भाइको सम्बन्धमा भने कमजोरी आउन सक्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खरानि रङ्ग हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सरस्वत्यै नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आकस्मिक धन लाभ हुने समय देखिएता पनि संचिति हुन नसक्ला,उल्टै जोगावट गरेको धन क्षति हुन सक्ने देखिन्छ,चनाखो रहनु होला,पारिवारिक अल्झनले आगाडी बढ्ने बाटोमा तगारो लाग्न सक्छ,प्रगतिको लागि गोपनियता आबस्यक देखिन्छ,फलदायी यात्राको सम्भाबना पनि देखिन्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हल्का रातो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ शं शनिश्चराय नम:यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
शरीरमा स्फूर्ति बढ्नेछ भने कम गर्ने शक्तिको बिकाश हुनेछ,रोकिएका काममा क्रमश सुधारको संकेत देखिनेछ,टाढिएका साथि संगी सगको सम्बन्ध निकटतम बन्नेछ,मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ,शिरका आसपासमा चोटपटक लाग्न सक्ने देखिन्छ,बोलीको प्रभाब अत्यन्त बलियो हुनेछ,आजको लागि शुभ अंक १,शुभ रंग गुलाबी हो भने कामको सुरुवात गर्नु पूर्ब मृत्युञ्जय मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रतिफल रहित काममा समय व्यतित हुन सक्ने देखिन्छ,पारिवारिक सम्बन्धमा कमजोरी देखिएता पनि घर बाहिर रहेर गरिने काममा सन्तोषजनक सफलता हात लाग्नेछ,लेनदेन बिबादित रहन सक्छ,बिस्वास गरेका व्यक्तिबाट बिस्वास घात हुन सक्ने देखिन्छ,निरर्थक यात्रा हुन सक्ने देखिन्छ साबधानी अपनाउनु होला,आजको लागि शुभ अंक ९,शुभ रंग निलो हो भने कामको सुरुवात गर्नु पूर्ब कें केतबे नमः यो मन्त्र १७ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
नया काम पाइनेछ भने गरि रहेको काममा पदोन्नती वा विशिष्ट जिम्मेवारी पाउने समय छ,विशिष्ट व्यक्तित्व सगको भेटघाट संगै नया कुराको जनाकारी लिने अवसर मिल्नेछ,सभा सम्मेलनमा सरिक भई मन परेका बस्तु भोजन गर्न पाइनेछ,आर्थिक पाटो सफल र दरिलो बन्नेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का कालो  हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ गं गणपतये नम:यो मन्त्र २१ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
शरीरको आलस्यता हटेर जानेछ,व्यवसायमा नया साझेदारी गर्नको लागि उचित समय रहेकोछ, बैदेशिक सहयोगमा बृध्दि आउनुको साथै राजनैतिक र सामाजिक पद प्रतिष्ठामा उच्चतम सुधार आउनेछ,कृषि तथा पशु चौपाय सम्बन्धि व्यवसायमा ठुलो सफलता हात लाग्ने समय रहेकोछ, आजको लागि शुभ अंक १,मिश्रीत रंग शुभ हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ रां राहबे नम:यो मन्त्र १८ पटक स्मरण गरेर अगाडी बढे शुभ फल हात लाग्नेछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment