वि.सं.२०७२ साल श्रावण ११ गते सोमबार,इ स २०१५ जुलाई २७ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्लपक्षको एकादशी तिथि साझ०८:३७ बजेसम्म उप्रान्त द्वादशी,
अनुराधा नक्षत्र बिहान ११:१८ बजेसम्म उप्रान्त ज्येष्ठा,
ब्रह्म योग रात्रि ११:५९ बजेसम्म उप्रान्त ऐन्द्र,
वणिज करण बिहान ०८:३५ बजेसम्म,भद्रा साझ ०८:३७ बजेसम्म उप्रान्त बब,
आनन्दादियोगमा मानस योग,
चन्द्रमा वृश्चिक राशिमा,
काठमाडौंमा सूर्योदय ५:२४ बजे, सूर्यास्त ६:५२ बजे,
दिनमान ३३ घडी ४८ पला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
झन्झटिलो दिन रहन सक्छ,गरेका काममा खासै उपलब्धि पाउन नसक्दा मनमा चिन्ता बढ्नेछ,गुप्त रोग देखिन सक्छ वा पुराना रोग बल्झिन सक्ने देखिन्छ, यात्रामा साबधानी रहनु पर्ने अबस्था छ,आर्थिक कारोबारमा भने केहि सुधारको संकेत देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नम: यो मन्त्र जपेर अगाडीबढे सफल भइनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
ब्यबसायिक पाटो आज सफलता तर्फ लम्कने देखिन्छ,मित्रजनको सहयोग मिल्नेछ,दाम्पत्य सम्बन्धमा रोमान्चकता थपिनेछ, नया कामको प्राप्ति हुनुको साथै गरेका काममा उत्साहजनक सफलता हात लाग्नेछ,बाहन सुख प्राप्ति हुने समय रहेको छ, आजको लागि शुभ अंक ३,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ कें केतवे नमः यो मन्त्र १७ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
शत्रु पक्ष सबल रहनेछन्,साबधानी र गोपनियताको साथ काममा लाग्नुहोला अन्यथा काम बिग्रन सक्छ,पुराना कुराले आज तपाइको दैनिकीमा बाधा ब्यबधान उत्पन्न गराउन सक्छ,स्वास्थ्यमा भने आंशिक सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक ६ शुभ रङ्ग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक जपेर अगाडी बढे शुभ हुनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
साहित्यिक र कलाकारिताको क्षेत्रमा संतोषजनक सफलता हात लाग्नेछ,पारिवारिक जमघटको अवसर जुट्नुको साथै धार्मिक कार्यमा लागिने समय छशुभ समाचार सुन्न पाइनेछ,खानपानमा भने सन्तुष्टि नमिल्न सक्छ, आजको लागि शुभ अंक ८,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
मनमा खराब सोच बढ्न सक्छ,शारीरिक कष्ट बढ्नुको साथै आफन्त संग मनमुटाब बढ्न सक्ने देखिन्छ,यात्रा कष्टकर हुनेछ भने पेटमा समस्या आउन सक्छ,खानपानमा बिशेष ध्यान पुर्याउनु होला,आजको लागि शुभ अंक ४ शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब गणपतिको दर्शन पूजा गरेर कामको सुरुवात गरेमा सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पराक्रम बढे संगै मुर्खता पनि बढ्न सक्छ,बुध्दिमा भन्दा बलमा बिस्वास बढ्न सक्ने देखिन्छ,नेतृत्वदायी भूमिका निर्बाह गर्नु परे संगै आजको दिन समाज सेवामा रुची बढ्नेछ,बिपरित लिंगीबाट अथेष्ट सहयोग प्राप्त हुनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय नम: योमन्त्र जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
स्थिर सम्पत्ति संगै बहुमुल्य गर-गहनाकोको जोरजाम गरिनेछ, बोलीको प्रभाब निकै बढ्ने समय रहेकोछ, आफन्त तथा बिस्वासिला मित्रजन बाट भने घात हुन सक्ने देखिन्छ बिशेष चनाखो रहनुहोला,नाक कान घाटी सम्बन्धि रोगले सताउन सक्छ,आजको लागि शुभ अंक ७,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबी भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
गरेका काममा सफलता पाइनेछ,आत्माबिस्वास बढे संगै ठुला र प्रतिष्ठित व्यक्ति संगको सम्बन्धमा निकटता छाउनेछ,भोज भतेर र भेटघाटमा समय व्यतित हुनेछ,पुरस्कार वा उपहार प्राप्तिको लागि समय निकै बलशाली देखिन्छ,आजको लागि शुभ अंक ८,शुभ रंग गाढा रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब सुर्य भगवानको दर्शन पूजा गरेर अगाडी बढे शुभ हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
लेनदेनको लागि उपयुक्त समय देखिन्न,दाम्पत्य सम्बन्धमा कमजोरी यथावत रहन सक्छ,कष्टकर यात्रा गर्नु पर्ने हुन सक्छ, बैदेशिक यात्रा हुन सक्ने देखिन्छ,बाया अंगमा चोट लाग्न सक्ने देखिन्छ,आजको लागि शुभ रंग हल्का पहेलो,शुभ अंक ६ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ कुलदेबताभ्यो नम: यो मन्त्र उच्चारण गरेर अगाडी बढे सकारात्मक फल मिल्नेछ ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
बुद्धि विवेक संगै आज कार्यगत चातुर्यता बढ्ने समय छ,सजिलै अरुको मन जित्न सकिनेछ,प्रेमी प्रेमिकाको बिचमा बिस्वासको वातावरण बन्नेछ भने,धनार्जन गर्ने सु-अवसर पनि मिल्नेछ,प्रेममय रुपमा समय व्यतित हुने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग नीलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ईष्टदेवताको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सामाजिक र राजनैतिक रुपमा निकै सफलता हात लाग्नेछ,सेवा क्षेत्रमा रहेका व्यक्तिहरुको लागि आनन्ददायक दिन रहनेछ,कृषि र पशु जन्य व्यवसायमा सफलता मिल्नेछ,ढाड कम्मरको समस्या देखिन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग मिश्रित हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
धर्म कर्ममा रुचि बढ्नेछ,गुरु तथा मान्यजनको सहयोगले काममा उच्चतम सफलता हात लाग्ने देखिन्छ,सरकारी काममा झन्झट आइलाग्न सक्छ भने जरिवाना वा आकस्मिक धन क्षयको अबस्था आउन सक्छ,आजको लागि शुभ अंक ९,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः यो मन्त्र २१ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment