स्थानीय समयाअनुसार आइतबार अपराह्न २ः०५ मा सो भूकम्प गएको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु पूर्वी जाभा प्रान्तको क्राजान ताम्बाक्रेजो गाउँबाट ९३ किलोमिटर दक्षिणमा ५९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
इन्डोनेसियाको मौसम विज्ञान र भू–शास्त्र अध्ययन संस्थानका मोचामाद रियादीकाअनुसार यस भूकम्पछि मानवीय क्षति र सपत्तिको नोक्सानीको कुनै समाचार प्राप्त भएको छैन ।
सो भूकम्पको केन्द्रविन्दु समूद्र सतह भए तापनि सहरदेखि धेरै टाढा भएको सुनामीको चेतावनी भने दिइएको छैन ।
सो भूकम्पको कम्पन ५ सेकेण्डसम्म महसूस गरिएको पूर्वी जाभाका बङ्युवानगी सहरमा रहेका एएफपी एक सम्वाददाताले जानकारी दिएका छन । यसअघि जेठ महिनामा पनि इण्डोनेसियामा ५.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । रासस/एएफपी
dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment