Wednesday, July 29, 2015

हिन्दु राज्यको माग गर्दै बिहानैदेखि नवलपरासी, चितवन र रुपन्देही बन्द

नवलपरासी, १३ साउन - हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दु धर्मावलम्वीहरुले आज बुधबार बन्द आव्हान गरेका छन्।

बन्दकर्ताहरु कावासोतीको फलफूल चोकमा सडकमा ओमकार लेखेर प्रदर्शनमा उत्रिएका हुन्। बन्दका कारण विहानैदेखि त्यहाँका बजार सुनसान देखिएका छन्। त्यस्तै बन्दको प्रभाव चितवन र रुपन्देहीमा पनि परेको छ। आन्दोलनकारीले आज रुपन्देही, नवलपरासी र चितवन बन्द आव्हान गरेको हुन्।

बन्दका कारण चितवन र रुपन्देहीमा पनि सवारी साधन चल्न सकेका छैनन्। त्यस्तै नवलपरासीमा केही फाट्टफुट्ट ट्रकहरु सञ्चालनमा आएपनि प्रहरीले कावासोतीमा रिफ्रेस सेन्टरमा लगेर राखिदिएको छ।

सौजन्य: अनलाइन खबर

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment