Monday, July 27, 2015

एक सामान्य महिलाको खातामा बिल गेट्सको भन्दा बढी सम्पति !!

                                                                                                                                                                                                                                   
संसारका सबैभन्दा धनी ब्यक्ति अमेरिकी धनाड्य बिल गेट्स हुन भन्ने कुरा सबैलाई थाहा छ । तर नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशमा एक महिला एक दिनमै संसारका सबैभन्दा धनी ब्यक्ति बिल गेट्स भन्दा धनी बनिन् भन्दा तपाइँलाई विश्वास नलाग्ला ।
उत्तर प्रदेश कानपुरकी एक महिलालाई भारतको बैंक एसबीआई बैंकले भुलबस एकैछिनमा सबैभन्दा धनी ब्यक्ति बनाइएदिएको हो ।

कानपुरका दम्पति रामलखन यादव र उर्मिला यादव केही समयका लागि संसारका सबैभन्दा धनी ब्यक्ति बने । केवल २ हजार रुपैयाँ बैंक खातामा भएका यि दम्पतिलाई बैंकले पासबुक प्रिन्ट गर्दा गल्ती गरेर ९५ हजार ७ सय ११ अरव भारु लेखिदियो ।

यो बिल गेट्सका दम्पतिको सम्पति ५ हजार ५ सय ५५ अरवको तुलनामा २० गुना हो ।

सकारले अभियान चलाएपछि काम चलाउ बैंक खाता खोलेका राम लखन यादव र उनकी पत्नि बैंकमा आफ्नो पैसा देखेर आफै चकित परे जव बैंकले संसारकै सबैभन्दा धनी ब्यक्तिको भन्दा पनि धेरै पैसा भएको पासबुक बनाएर दियो ।

उर्मिला यादवको नाममा रहेको एसबिआइ बैंकको खाता नम्बर 35014400299 मा यति धेरै पैसा आएपछि पछि कर्मचारीको समेत होस् उडेको थियो ।

पछि बैंकले यो भुल सुधार गर्‍यो ।nepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment