Sunday, August 2, 2015

महिनावारीको दुखाई कम गर्न अपनाउनुस् यी घरेलु तरिका

एजेन्सी)– बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने गर्दछ । यस्तोमा महिनावारी हुँदा हुने पीडाबाट राहत दिने केहि घरेलु उपचारहरु यहाँ दिइएका छन् जुन कुरालाई तपाईंले खानुपर्ने

हुन्छ । १. दुध दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ । २. मेवाः महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ । ३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ । ४. घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ । ५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् । ६. तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ । ७. अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ । ८. व्यायामः हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ । ९. जंक फुडहरुबाट टाढै रहनुहोस्ः मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जंक फुड नखानुहोस् र रक्सीबाट टाढै रहनुहोस् । www.ratopati.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment