Sunday, February 21, 2016

नेपालको संविधानलाई मोदीको स्वागत ‘तर’

९ फागुन, काठमाडौं ।

संविधानकै कारण देखाउँदै नेपालमाथि नाकाबन्दी गरेको भारतले अहिले आएर नेपालको संविधानलाई घुमाउरो स्वागत त गरेको छ तर उक्त स्वागतमा रहेको ‘तर’ भन्ने पदावलीले तत्काल भारतको रवैया पुरै परिवर्तन नहुने स्पष्ट संकेत गरेको छ ।

६ दिने राजकीय भ्रमणका क्रममा भारतमै रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा मोदीले दशकौंको संघर्षपछि नेपालमा जारी संविधान एक महत्वपूर्ण सफलता भएको त बताए तर उनले संविधान कार्यन्वयनका लागि ‘तर’ पदावलीको प्रयोग गरेर भारतीय असन्तुष्टि अझै पनि साम्य भैसकको छैन भन्ने स्पष्ट पारे ।

भारतले नेपालमा संविधान जारी भएपछि स्वागत भन्ने शब्द प्रयोग नगरी नोटेट अर्थात जानकारी संविधान जारी भएको बारे जानकारी पाएको मात्र भनेको थियो । अहिले मोदीले संविधानको स्वागत त गरे तर भारतले लगाएको नाकाबन्दी र नेपाल भारतबीच विग्रिएको सम्वन्धबारे एक शब्द उल्लेख गरेनन् बरु पुरानै शैलीमा संविधान जारी भएपछि उत्पन्न मुद्दालाई सन्तोषजनक निवारण गर्न भन्दै अझै पनि आफूले भनेको कुरा पुरा नभएको संकेत गरे ।nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment