उनको स्पेसमा अरु हिरोइनले इन्ट्री मारिरहेका छन्। भनेपछि नयाँ नायिकाप्रति करिश्माको नजर कस्तो होला? अहिले लाइमलाइटमा रहेका पाँच हिरोइनबारे करिश्मा यसरी खुलिन्।
१. प्रियंका कार्की
मलाई प्रियंका कार्की यस कारण मन पर्छ कि उनी मनैदेखि सफा र अनुशासित छिन्। अमेरिका बसेर होला, पोजेटिभ भाइब्रेसन प्रचुर छ। उनी ब्युटिफुल त लाग्दैन तर उनको आफ्नै खास व्यक्तित्व छ। म आफूलाई राम्रो ड्रेस लगाउँछु जस्तो लाग्छ तर उनमा अझ बढी ड्रेस सेन्स पाउँछु, गुड फिगर प्लस पोइन्ट हो।
मेरो बुझाइमा यो समयकी सबैभन्दा व्यस्त र पैसा कमाउने हिरोइन उनै हुन्। छ एकान छबाट आफूलाई सोझी युवतीको भूमिकामा पनि फिट देखाइन्। अभिनयप्रतिको प्यासन, क्षमता र सफलता हेर्दा प्रियंका लामो समय चम्कने छिन्।
२. नम्रता श्रेष्ठ
जीवनमा धेरै उतारचढाव आउँछन् तर फाइट गर्ने क्षमता कमैसँग हुन्छ, त्यसमा पनि महिला अझ कमजोर हुन्छन्। तर नम्रताले अत्यन्त कठिन परिस्थितिलाई सेफ ल्यान्डिङ गरिन्। उनी बाहिरबाट हेर्दा जति सुन्दर छिन्, भित्र त्यतिकै सशक्त। नम्रताको साहससँग म नतमस्तक हुन्छु। त्यतिको परिपक्व अभिनय भएका कलाकार कमै हुन्छन्।
क्लासिक हेरेपछि मलाई उनी यो वर्षको अवार्डको एक्लो हकदार हुन् भन्ने लागेको छ। हिरोइनलाई उमेरको दायराले छेक्छ, तर नम्रताको अभिनय र सुन्दरताको सामु उमेर पनि हार खान्छ।
३. ऋचा शर्मा
आमनायिकाभन्दा अलग छिन्, ऋचा। उनको लुक्समात्र होइन, सोचाइ र बुझाइ पनि भिन्न छ। ब्ल्याक ब्युटी हुन्, अमेरिकातिर भएको भए यहाँको भन्दा डिमान्ड हुन्थ्यो। सायद मैले सबैभन्दा धेरै फिल्म उनकै हेरेको होला, त्यस आधारमा भन्दा उनी सबै भूमिकामा नसुहाए पनि निश्चित–निश्चित खालका भूमिकामा अब्बलता देखाउन सक्छिन्।
खासगरी यथार्थवादी र चुनौतीपूर्ण भूमिकामा। उमा हेरेपछि त्यस्तै लाग्यो। भिन्न चरित्रमार्फत आफूलाई एक्सपेरिमेन्ट गर्न खोज्छिन्। म उनलाई सभाजा आज्मी, स्मिता पटेलसँग तुलना गर्न रुचाउँछु।
४. केकी अधिकारी
क्युट फेस छ केकीको। पढेलेखेकी छन्, पारिवारिक पृष्ठभूमि पनि फिल्म नै हो। अभिनयप्रति लगाव उस्तै सराहनीय। त्यस्तै अनुशासित र व्यावहारिक। यी भए केकीका अब्बलता। यति हुँदाहुँदै उनको च्वाइस रङ छ। उनले धेरै गलत र आफूलाई जस्टिस गर्न नसक्ने फिल्म खेलिन्।
माई प्रमिस हेर्दा त्यस्तै महसुस भएको थियो। उनले धेरैभन्दा उत्कृष्ट फिल्म खेल्नु जरुरी छ। क्षमता भएर मात्र हुँदैन। सही ठाउँमा सदुपयोग गर्न जान्नुपर्छ। केकीले यतातिर ख्याल गरिन् भने उनको फिल्मी करिअर उज्ज्वल देख्छु।
५. शिल्पा पोखरेल
शिल्पा मलाई आफ्नै छोरीजस्तो लाग्छ। दुई सयभन्दा धेरै म्युजिक भिडियो खेलिसकेकी रहिछन् तर मैले हेरेकै थिइनँ। फागुकी निर्देशक सम्झना उप्रेती रौनियामार्फत उनीसँग परिचित भएकी हुँ। लज्जामा उनको काम हेरेपछि फागुमा अनुबन्ध गरिएको हो।
त्यसपछि उनको हार्ड वर्किङबाट म अत्यन्त प्रभावित भएँ। उनको काम गराइ शैली र इनर्जी हेर्दा मेरा सुरुवातकालीन दिन सम्झन्छु। म पनि यस्तै थिएँ जस्तो लाग्छ। लुक्स नर्मल छ। तर स्क्रिन फेस धेरै आकर्षक। एक्सन र डान्समा पनि अब्बल छिन्।
यही लगाव कायम रह्यो र आफूलाई निखार्दै लगिन् भने उनी नेपाली फिल्मकी भविष्य बन्न सक्छिन्।kantipur.ekantipur
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment