Sunday, February 21, 2016

कांग्रेस सभापति कोइरालाको आज देशभर श्रदाञ्जली सभा

काठमाडौं: दिवंगत कांग्रेस सभापति सुशील कोइरालाको आईतबार देशभर श्रदाञ्जली सभा गरिदैछ ।

कांग्रेस केन्द्रीय कार्यालयले काठमाडौं उपत्यकाका तीन जिल्लामा सयुक्त सुभा र बाँकी ७३ वटै जिल्लामा सभाका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । कोइरालाको निधन भएको तेह्रौ पुण्ड तिथिको अवसरमा कांग्रेसले श्रदाञ्जली सभा आयोजना गरेको हो ।


आईतबारदेखि कोइरालको तेह्र दिने सोको अन्त्य हुने भएकाले अव कांग्रेस पार्टीको तेह्रौ महाधिवेशमा होमिने भएको छ ।

फागुन ११ गते विहान डाकिएको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनका केही विषयहरुमा बाधा अड्काउ फुकाउ मार्फट संशोधन गरेपछि कांग्रेस पुरै महाधिवेशनमा लाग्ने भएको छ ।

सभापतिका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवहाक सभापति रामचन्द्र पौडेलका साथै महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदबारी दिने तयारी गरेका छन् ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment