Sunday, February 28, 2016

‘श्रीमतीलाई मन्त्री बनाउन मधेस आन्दोलन’

विराटनगर, १६ फागुन । नकल्ली नागरिकता लिएको र भारती एजेन्टको आरोप खेप्दै आएका मधेस आन्दोलनका प्रमुख नेता राजेन्द्र महतोमाथि अर्काे आरोप लागेको छ ।
सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतोमाथि श्रीमतीलाई मन्त्री बनाउन मधेसमा पाँच महिनासम्म आन्दोलन गरेको आरोप लागेको हो । मन्त्री बनाउन महतोले अहिले प्रधानमन्त्रीसँग बार्गेनिङ गरिरहेको समेत दाबी गरिएको छ ।
युवा संघ नेपालका सचिव एवं पूर्वाञ्चल इन्चार्ज परशुराम बस्नेतले मोरङको रंगेलीमा शनिबार आयोजित संविधान प्रचार प्रसार तथा कार्यकर्ता स्वागत कार्यक्रममा मधेस आन्दोलनका नाइके महतो श्रीमतीलाई मन्त्री बनाउन तछाडमछाड गरिरहेको आरोप लगाएका हुन् ।
करिब २५ सय बढी जनता सहभागी सभामा बस्नेतले मधेसी जनतामाथि शासन गर्न अहिले आन्दोलन भइरहेको भन्दै अब जनताले बुझिसकेको बताए ।
‘राजेन्द्र महतोको बुढीलाई मन्त्री बनाउन आन्दोलनमा होमिएका हुन् । यसअघि पटक पटक मन्त्री भएर सम्पत्ति जोडे । श्रीमती डिम्पल झा लाई सांसद बनाए । अब मन्त्री बनाएर शासन गर्ने प्लान उनको छ ।’
अधिकांश मधेस केन्द्रित दलका अध्यक्ष र नेताहरूले आफ्ना पत्नीहरूलाई समानुपातिकमार्फत सांसद बनाएका छन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment