यसको आसय थियो, बलिउड अभिनेता अमिताभ बच्चन अब रहेनन् । तर, यो हल्ला मात्र भएको पुष्टि हुन धेरै लामो समय लागेन । त्यसो त केही दिनअघि बिरामी भएपछि अमिताभ बच्चन अस्पताल भर्ना भएका थिए । यसले पनि यो सन्देशलाई विश्वास गर्ने आधार मिल्यो ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाको वेबसाइटमा आएको समाचारअनुसार यो अफवाहले अमिताभका प्रशंसकलाई हैरान बनायो । र, अन्ततः अमिताभका प्रवक्ताले एउटा विज्ञप्ति निकालेरै यो झूटो भएको प्रस्टीकरण दिए ।
त्यसो त अमिताभको मृत्युको हल्ला चलेको यो पहिलोपटक पनि होइन र यस्तो हल्लाको सिकार भएका उनी मात्र पनि होइनन् । यसअघि दिलीप कुमार, हनी सिंह, गुल पनाग, लता मंगेशकरलाई लिएर पनि यस्ता हल्ला चलेका थिए ।
त्यस्तै, रेहाना, ब्रिट्नी स्पियर्स, जोनी डेपलगायतका सेलेब्रिटी पनि यस्तो हल्लाका सिकार भएका छन् । (नयाँ पत्रिकाबाट)
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment