काठमाडौ । ‘के के सपना बुनेर गएकी थिएँ तर कहाँ फसेँ कहाँ ! बचेर घर फकिन्छु भन्ने त आसै थिएन,’यति भनिसक्दा उनी भक्कानिइन ।
‘नयाँ जीवन पाउँछु भनेर एक मनले पनि सोचेकी थिईन। उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो ।
उनले छोरीको काँघमा टाउको राखेर मनको भारी बिसाइन
हसनपुर-४ भोजपुरकी १९ वर्षीया मनीषा राई तिनै युवती हुन, जसलाई दुई साताअघिसम्म पनि सकुशल स्वदेश फर्कने, आमाबाुसँग भेट हुने कल्पनै थिएन ।
गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाबाट कुर्दिस्तान हुँदै इराक पुगेकी थिईन उनी ।
तर उनका आमा बुवा सञ्चार माध्यमको सम्र्पकमा आएर समाचार प्रकासित भएपछि मनिषालाई एजेन्टले नै सकुसन नेपाल झिकाइदिए। मंगलबार काठमाडौ झरेकी उनी बिहिबार आफनो घर धनार पुगेकी हुन। आजको नागरिकमा समाचार छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment