Sunday, February 21, 2016

भारतमा फेरि आतंकवादी हमला, सेनाका यी क्याप्टेनको मृत्यु


काठमाडौं, ९ फागुन । भारतमा एकपटक फेरि आतंकवादी हमला भएको छ ।
भारतीय च्यानल आजतकका अनुसार यो हमला जम्मू–कश्मीर राज्यको पुलवामा जिल्लामा भएको हो । आतंककारीको आक्रमण तथा त्यसपछिको मुठभेडमा परी भारतीय सेनाका क्याप्टेन पवन कुमार मारिएका छन् ।

उनी पैरा ट्रुपर्स गणमा कार्यरत थिए । शनिवार पंपोर इलाकामा ईडीआई इमारतमा सुरु भएको मुठभेडमा सीआरपीएफका ३ जवान पहिला नै मारिएका थिए । १० जना घाइते छन् । दोहोरो गोलीबारी हुँदा एक स्थानीय नागरिक पनि मारिएका छन् ।
शनिबार घाइते क्याप्टेनको श्रीनगरको बादामीबागमा सेनाको बेस अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । उता आतंकवादी र सेनाको टोलीबीच मुठभेड जारी छ । पुलिस र सेना मिलेर आतंकवादीविरुद्ध सर्च अपरेशन शुरू गरेको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment