Saturday, February 20, 2016

कर्मचारीलाई ६० वर्षको उमेरसम्म काम गर्न दिने कानुनको तयारी

काठमाण्डु, ८ फागुन–  निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउन गृहकार्य भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐनको पाँचौँ संशोधनमार्फत ५८ वर्षे उमेरहद बढाउने तयारी थालेको हो । निजामती सेवा ऐनमा समसामायिक सुधार र संशोधनका लागि सहसचिव रूपनारायण भट्टराईको संयोजकत्वमा गठित सात सदस्यीय उच्चस्तरीय कार्यदलले निजामती कर्मचारीको सेवानिवृत्त हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउन सरकारलाई सिफारिस गरेको छ ।
उमेरहद सबैभन्दा कम निजामती कर्मचारीकै छ । स्वास्थ्य तथा संसद् सेवाका करिब  २० हजार कर्मचारीको उमेरहद ६० वर्ष छ भने करिब एक लादख सात हजार शिक्षकको सेवानिवृत्त हुने उमेर पनि ६० वर्ष नै छ । विश्वविद्यालयका प्राध्यापक तथा जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको सेवानिवृत्त हुने उमेर ६३ वर्ष छ । सर्वोच्च अदालतका न्यायाधीश र सबै संवैधानिक अंगका पदाधिकारीको सेवानिवृत्त उमेर ६५ वर्ष छ । संसद् र स्वास्थ्य सेवाबाहेक निजामती सेवाका करिब ६१ हजार कर्मचारीको सेवानिवृत्त हुने उमेर ५८ वर्ष कायम गरिएका कारण काम गर्न सक्षम हुदाँहुँदै अवकाश हुनुपर्ने अवस्था रहेको कार्यदलको निष्कर्ष छ ।
नयाँ पत्रिकाबाट
kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment