दर्शकहरू फिल्म हेर्न नआएपछि करिश्माको ‘फागु’लाई हल सञ्चालकहरूले हटाउन सुरू गरेको जनाएका छन् । फिल्म नचलेपछि करिश्मा चकित परेकी छिन् ।
हालै मात्रै बाबुराम भट्टराईको नयाँशक्ति अभियान नेपालको अन्तरिम परिषदमा मनोनय परेकी करिश्मालाई ‘फागु’ले ठूलो धक्का दिएको छ ।
केही समर्थकले करिश्मा बाबुरामतिर लागेपछि उनलाई फिल्ममा असर पुगेको विश्लेषण गरेका छन् ।
फिल्मको प्रचार प्रसारका लागि हलसम्म पुगेकी अभिनेत्री करिश्मासँग समर्थकले तस्बिर मात्रै खिचाएका थिए । तर उनको फिल्म ‘फागु’ भने हेरनन् । फिल्म नचलेपछि उनलाई लगानी डुब्ने ठूलो चिन्ता परेको छ ।
हलमा समर्थकसँग तस्बिर खिचाइ रहेका बेला केही समर्थकले करिश्माको फिल्म ‘फागु’विरुद्ध नाराबाजीसमेत गरेका थिए । करिश्मालाई दर्शकहरूले नै अपमान गरेको एक समर्थकले गुनासो गरे ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment