Thursday, February 25, 2016

पूर्व युवराज्ञी हिमानीलाई कन्निकाले खुलेयाम ‘को केटी हो यो ?’ भनेपछि…

काठमाडौं । पूर्वयुवराज पारस शाह थाइल्यान्ड नगएको लामो समय भयो । तर, उनकी थाई प्रेमिका भनिएकी कन्निका चाइसान सामाजिक सञ्जाल फेसबुकमा विभिन्न अभिव्यक्ति दिएर नेपाली मिडियामा समाचार बनिरहेकी छिन् ।
केही दिनअघि कन्निकाले छोराले पारसलाई सम्झेको र आफूलाई नेपाल जान अनुरोध गरेको पोस्ट गरेपछि कन्निकाको भनाइलाई नेपाली अनलाइन मिडियाले प्राथमिकता दिए । कतिले त अपव्याख्या गर्दै कन्निकाले राखेको छोराको फोटो पारसको छोरा भएको पनि लेखे । कन्निकाले फेसबुकमा आफ्नो छोराको फोटो राखेर चर्चा कमाएको लामो समय नहुँदै बुधबार फेरि हिमानीलाई सम्झेर फेसबुकमा पोस्ट गरिन् । यसअघिका पोस्टमा जस्तै उनले बुधबार पनि हिमानीप्रति क्रोधित भएर रिस पोखेकी थिइन् । हिमानीको फेसबुकबाट तानिएको फोटो राख्दै कन्निकाले लेखेकी थिइन्, ‘को केटी हो यो रु मेरो जीवनसँग कहिल्यै खेलबाड नगर । तिमी आफ्ना सन्तानलाई माया गछ्र्यौ भने अरूका बालबालिकालाई पनि माया गर्नुपर्छ । अरूका बालबालिकाका अगाडि हिंसा नगर ।’
कन्निकाको रिस यत्तिमै शान्त भएन । उनले थप लेखिन्, ‘तिमीलाई थाहा होला, मेरो व्यक्तिगत जीवनमा तिमी आउन खोज्दा मैले बाल नदिएको तिमीलाई थाहा होला । कृपया तिमी समाजलाई भन, कसरी तिमी मेरो अगाडि निर्वस्त्र हुन सक्छ्यौ रु के यो हिन्दू धर्म हो रु उत्तर देऊ ।’ हिमानीलाई यी सब प्रश्न गर्नुको कारण के हो भन्ने कन्निकाले खुलाएकी छैनन् । तर, उनले हिमानीसँगको आक्रोश यतिमै सीमित राखिनन् । अर्को एउटा स्टाटस लेखेर कन्निकाले धर्मबारे प्रश्न उठाएकी छिन् । थाई भाषामा लेखिएको स्टाटसमा उनले लेखेकी छिन्, ‘धर्मले समाजलाई ध्वस्त बनाउँदै छ, तर म त्यो कम्पनीमा छैन ।  हामीले सत्य थाहा नपाउँदासम्म बोल्दा केही हुँदैन । म हिम्मत गर्न सक्छु ।’
उनको यो स्टाटस हिमानीबारे लक्षित हो या होइन केही बुझिँदैन । तर, उनले हिमानीको फोटो राखेको पोस्टमा पनि धर्मकै विषय उठाएकाले यी दुई स्टाटसबीच कुनै न कुनै समानता भएको अनुमान लगाउन सकिन्छ । तर, बुधबार हिमानीको फोटो राखेर कन्निकाले लेखेको पोस्ट लामो समय राखिनन् । केही समयपछि उनको फेसबुक टाइमलाइन स्क्रल गर्दा त्यो पोस्ट ‘डिलिट’ भइसकेको थियो ।
बरु, उनले अर्कै फोटो राखेकी थिइन् । जे होस्, अहिले पनि वेलावेला पारस र हिमानीलाई सम्झिएर कन्निकाले आफ्नो ह्याङ अझै बाँकी रहेको जनाउ दिइसकेकी छिन् । नयाँ पत्रिकामा समाचार छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment