मेरो घर जुम्ला हो । जुम्ला जानका लागि १२ : १५ को जहाज चढियो । सानो जहाज थोरै थियौं । ५–१० मिनेटसम्म सबै ठीकै थियो । एकछिनमा जहाजमा पट–पट गरेको आवाज आयो । हामीले पाइलटलाई के हो भनेर सोध्यौं । उनीहरुले ‘खास केही होइन, नआत्तिनुस्’ भने । तर, यस्तो आवाज फेरि पनि आइरह्यो ।
चौथो पटक पनि आवाज आएपछि जहाज ‘डिस्ब्यालेन्स’ भयो । तलमाथि दायाँबाया गरेर हल्लिन थाल्यो । हामी सबै डरले चिच्च्यायौं । जहाज कहिले पहरातिर कहिले जंगलतिर पुग्यो । म त बेहोशै हुन्छु कि जस्तो भयो । पाइलटहरुले हामी केही हुन दिँदैनौं, नआत्तिनुस् भनिरहेका थिए ।
जहाज एकैचोटि निकै माथि गयो । त्यसपछि के–कसो भयो मलाई राम्ररी राम्ररी याद छैन । जहाज गहुँबारीमा ल्यान्ड भएछ । म बेहोश भएछु । होशमा आउँदा मलाई जहाजबाट बाहिर निकालिएको थियो । एकजना पाइलट जहाजमै बितेछन् । अर्कालाई बाहिर निकालिएको थियो । पाइलट बस्ने भाग छुट्टिएजस्तै भएको थियो ।
उनीहरुले हामीलाई केही हुँदैन भनेका थिए । साँच्चिकै हामीलाई बचाए तर आफू बने बाँच्न सकेनन् ।
kantipur.ekantipur
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment