आन्दोलनको नयाँ रणनीति बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ ।
संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बस्ने बैठकमा सरकारसँगको वार्ताको समीक्षा र आन्दोलन अगाडी बढाउने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रम फागुन सात गतेदेखि सकिएपछि मोर्चाले नयाँ रणनीति बनाउन बैठकको बोलाएको हो । बैठकमा मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च, मृतकलाई सहीद घोषणा तथा न्यायिक आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमासमेत छलफल हुने मोर्चाका नेताहरुले बताएका छन् ।
मोर्चाको विस्तारपछि पहिलो पटक बस्न लागेको बैठकमा दबाबमूलक कार्यक्रम ल्याउने विषयमा छलफल हुने र आन्दोलनलाई तराइमा मात्र केन्द्रित नगरी पहाड तथा हिमालमा समेत समावेश गर्ने विषयमा छलफल हुने मोर्चा नेता महेन्द्र राय यादवले बताए ।
बैठकमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र सरकारले गठन गरेको राजनीतिक संयन्त्रका विषयमा पनि छलफल हुने र संयन्त्रमा मोर्चाको तर्फबाट सहभागी हुने वा नहुने विषयमा निर्णय हुनसक्ने मोर्चाका नेताले बताएका छन् ।
तीन दल आबद्ध भएपनि अहिलेसम्म मोर्चाको बैठक बसेको थिएन । आन्दोलनरत तीनवटा दल मोर्चामा थपिएपछि आन्दोलनका कार्यक्रम एकीकृत गर्न बैठक बस्न लागेको हो ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment