मोर्चा भित्र विवाद चर्क्याे
विजय केसी । मधेशी मोर्चाको आगामी संघर्षका कार्यक्रमलाई लिएर विवाद र वहस शुरु भएको छ । भारत सरकारले छिटै नै नाकावन्दी लगाएर मधेशी आन्दोलनलाई सहयोग गर्ने सम्भावना नभएकोले मधेशी मोर्चाका नेताहरु वैकल्पिक आन्दोलनका कार्यक्रमहरु तथा रणनीतिहरु वनाउन अहिले व्यस्त छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाण्डौं केन्द्रित आन्दोलन गरिने घोषणा गरिसकेका छन् । तर यो आन्दोलनलाई मधेशी मोर्चाका अन्य दलहरुले स्वीकार गरेर मधेशी मोर्चाको संयुक्त संघर्षको कार्यक्रमका रुपमा निर्णय गरेको छैन ।
मधेशी मोर्चाका एक नेताले नेपालसन्देशलाई वताए अनुसार काठमाण्डौं केन्द्रित आन्दोलनलाई उपत्यकावासी जनताले साथ दिने र विद्रोहमा उत्रने सम्भावना नभएकोले यो खालको आन्दोलनको कार्यक्रम उपयोगी हुन नसक्ने हो कि भन्ने सन्देह मधेशी मोर्चाका नेताहरुमा रहेको छ ।
०६७ साल वैशाखमा एमाओवादीले काठमाण्डौं केन्द्रित आन्दोलन र विद्रोहको कोशिस गर्दा असफल भएर पाँच दिन पछि फिर्ता लिन वाध्य हुन परेको घटना अहिले मधेशी मोर्चाका नेता कार्यकर्ताहरुमा चर्चाको विषय वनेको छ ।
अहिले मधेशी मोर्चाले त्यस्तो काठमाण्डौं केन्द्रित आन्दोलन गर्दा पनि केही दिन मै फिर्ता लिन वाध्य हुन पर्ने हो कि भन्ने आशंका व्याप्त रहेको वताइन्छ ।
त्यति मात्र नभएर काठमाण्डौं केन्द्रित आन्दोलनमा मधेशी जनता मात्र धेरै सहभागी हुने, तर पहाडिया जनता सहभागी नहुने भएमा काठमाण्डौंमा जातिय दंगाको स्वरुप लिने त होइन भन्ने तर्फ पनि छलफल भैरहेको एक मधेशी नेताले नेपालसन्देशलाई वताए ।
त्यसैले काठमाण्डौं केन्द्रित आन्दोलन वारे मधेशी मोर्चाले आधिकारीक निर्णय अहिले सम्म पनि नगरेको उनले वताए ।
अहिले मधेशी मोर्चाले ओलीको भारत भ्रमणको परिणाम पर्खेर वसेको छ । भारत भ्रमणमा भारत सरकार संग कस्तो सम्झौता गर्छन्, त्यसलाई हेरेर आन्दोलनका रणनीति र कार्यक्रम वनाउने सोचमा मधेशी नेताहरु देखिन्छन् ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment