६ दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारत उत्तराखण्डको टेहरी बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीले देहरादुन पुगेर टिहिरी ड्याम र पावर हाउसबारे जानकारी लिएका हुन् । नेपाली समयअनुसार बिहान पौने ११ बजे भारतीय सेनाको हेलिकोप्टरबाट बिहान दस पैंतीस बजे उनलाई कोटी कोलोनीको ‘हेलिप्याड’मा उतारिएको थियो ।
उत्तराखण्ड सरकारको तर्फबाट मोदीलाई पर्यटन मन्त्री दिनेश धनैले स्वागत गरेका थिए । नेपालमा पञ्चेश्वर बाँध बनाउँदा कसरी पुनर्वास गर्ने भन्नेबारे स्थलगत अबलोकनका लागि भारत सरकारले उनलाई टिहिरी पुर्याएको हो ।nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment