Saturday, February 20, 2016

नवीना समूह धेरै अगाडि, गौतम समूह पच्छ्याउँदै (अपडेट)

काठमाडठौं, ८ फागुन । एमाले निकट अखिलको जारी मत गणनामा संस्थापन समूह अगाडि देखिएको छ । अधिकांश पदहरूमा संस्थापन निकटका उम्मेदवारले अग्रता लिएको देखिएको छ ।
पछिल्लो पटक प्राप्त नजिताअनुसार संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी नवीना लामाले २४९ मतसति अग्रता कायम गरेकी छिन् ।
उनका प्रतिद्वन्द्वी माधव नेपाल समूहका दीपक गौतमले १९६ मत पाएका छन् । गौतमलाई नवीनाले धेरै पछाडि छाडीसकेकी छिन् ।
संस्थापनका उपाध्यक्ष महेशकुमार बर्तौला २१४, रश्मी आचार्य २३३, शैलेश लामा २०६, सुनिता बराल २०२, महासचिवमा ऐन महर २३०, सचिवमा समिक बडाल २३३, आरसी लामिछाने २४३, बसन्त ढकाल १६७, मक्कर खड्का २२८, सचिवमा कमला बोहरा २१४, दुर्गानन्द ठाकुरले १६१ मत पाएका छन् ।
वरिष्ठ नेता निकटका उपाध्यक्ष राधिका खतिवडा १८६, सरोज यादव १७१, जीवन राई २०६, नीलकण्ठ आचार्य १८४, अब्दुल हुसेन खाँ २०९, सचिवमा भक्तकुमारी लामा १९४, अशेष घिमिरे १७४, भीमबहादुर रावल १६१, सुदेश पराजुली २२१, आरती लामा २३० र गौतम राई २०६ मतसहित प्रतिस्पर्धामा रहेका छन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment