११ जना सवार विमानका दुई पाइलट दिनेश न्यौपाने र सन्तोष रानाले ज्यान गुमाएका छन् भने ९ जना घाइते छन् । जसमध्येका एक हुन् यी नाबालक जो दुर्घटनामा परेर बाच्ने भाग्यमानी सावित भए । अर्थात उनले काललाई जितेका छन् ।
दुर्घटनामा परी बालकसँगै यात्रुहरुमा मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का, धनन्जय खत्रीले पनि काललाई जितेका छन् ।
यी नाबालक जगदम्बा खत्रीका छोरा रहेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्नेतले जानकारी दिए । बालकलाई खासै चोट नलागेको उनले बताए । घाइतेहरुको नेपालगञ्ज र पोखरामा उपचार भइरहेको छ ।
उडेको समयमा पंखा विग्रिएपछि पाइलटले खेतमै अवतरण गराउने क्रममा विमान मंगलबार दिउँसो दुर्घटनामा परेको थियो ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment