अपरान्ह २ बजे काठमाडौंको नयाँबानेश्वरस्थित अल्फाबिटा भवनमा सद्भावना पार्टीले आन्दोलन र भावी रणनीतिलाई लिएर छलफल गर्न लागेको महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘आन्दोलनका विषयमा समीक्षा र अन्तरक्रिया गर्नका लागि बुद्धिजीवी, व्यापारी र उद्योगीहरूलाई बोलाएका छौँ’, महासचिव समुनले भन्नुभयो, ‘उहाँहरूको सुझाव र सल्लाहअनुसार भावी रणनीति बनाउन सहयोग मिल्नेछ ।’
उनीहरूसँगको छलफलका लागि अध्यक्ष राजेन्द्र महतो आफैले अग्रसरता लिनुभएको छ । सद्भावना पार्टीले आजको छलफल र अन्तरक्रियालाई राजधानी केन्द्रित आन्दोलनको सरुवातका रुपमा लिएको छ ।
तराई मधेसको आन्दोलन असफल भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानी केन्द्रित आन्दोलन गर्ने निणर्यय गरेको थियो । सद्भावना पार्टीले आजको अन्तरक्रियालाई आन्दोलनको स्वरुपमै लिएको छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment