प्रहरीले क्षेत्राधिकार बाहिर गइ आफ्ना कार्यालयमा छापा मारेर आतंक मच्चाएको भन्दै व्यवसायीहरुले सबै म्यान पावर अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
‘हामीभित्र समस्या भएमा या कुनै म्यान पावरले ठगेमा कारबाही गर्ने निकाय वैदेशिक रोजगार विभाग हो’, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले अन्नपूर्ण अनलाइनसँग भने, ‘अब व्यवसाय गर्ने अवस्था भएन । सरकारले सुरक्षाको वातावरण नबनाएसम्म म्यान पावर खोल्दैनौं ।’
ढकालले ठगी तथा गैह्रकानुनी कार्यमा संलग्न म्यान पावरहरुलाई वैदेशिक रोजगार विभागले कारबाही गरिरहेको बताउँदै क्षेत्राधिकार बाहिर गएर प्रहरीले छापा हानेपछि कार्यालय बन्द गर्नुपरेको बताए ।
‘म्यान पावरले ठगी गरेको छ भने लाइसेन्स खारेज गर्नेसम्मको अधिकार वैदेशिक रोजगार विभागलाई छ’, ढकालले भने, ‘कहिले नेपाल प्रहरी आउने कहिले सशस्त्र आउने र भोलि नेपाली सेना नै आउने अवस्था हो । यस्तोमा हामीले कसरी गरेर खानु ?’
ठगीको नाममा अर्काको क्षेत्राधिकार मिचेर प्रहरीले मुलुकमा अराजकता मच्चाइरहेको व्यवासयीहरुको आरोप छ ।
प्रहरीले आफूहरुको कार्यालयमा छापा मारेर आतंक मच्चाएको भन्दै यसबारेमा व्यवसायीहरुले श्रममन्त्री दीपक बोहोरालाई पनि बुधबारै जानकारी गराएका छन् ।
‘पुलिसले आतंक मच्चाएको बारेमा श्रममन्त्रीलाई जानकारी गराइसकेका छौं’, उनले भने, ‘सरकारले हाम्रा आवाज सुनेन भने सबै म्यान पावर बन्द गर्छौं । यो अवस्थामा काम गर्न सकिन्न ।’
प्रहरीले बुधबार काठमाडौंका १८ वटा म्यान पावरमा छापा मारेको थियो । छापा मारेपछि प्रहरीले कागजपत्रसहित १४ जना म्यान पावर सञ्चालकहरुलाई पनि पक्राउ गरेको थियो ।
annapurnapost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment