म्याग्दी । एउटा पनि विमानस्थल नभएको म्याग्दी जिल्लामा १७ वर्षको अन्तरालमा दुईवटा ठूला विमान दुर्घटना भएका छन्।
म्याग्दीको भूगोल समेटिने आकाश मार्ग हुँदै पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेका दुईवटा विमान दुर्घटना हुँदा दुवै दुर्घटनामा गरी ४१ जनाले ज्यान गुमाएका छन् ।
विसं २०३४ मा मुस्ताङको मार्फा गाविसस्थित पुथाङमा विमानस्थल निर्माण भएपछि म्याग्दीको आकाश हुँदै विमानहरुले पोखरा–मुस्ताङ उडान गर्न सुरु गरेका हुन् ।
विसं २०३४ देखि २०५५ को भदौसम्म सो मार्गअन्तर्गतको म्याग्दीखण्डमा कुनै पनि हवाई दुर्घटना भएको थिएन । तर २०५५ साल भदौ ५ गते पोखराबाट जोमसोमका लागि उडेको लुम्बिनी एयरवेजको विमान म्याग्दीको शिख गाविसअन्तर्गतको खोप्रा नजिक दुर्घटना भएको थियो ।
सो विमान दुर्घटनामा दुईजना मुस्ताङीसहित १८ जनाले ज्यान गुमाएका मुस्ताङका चित्रबहादुर शेरचनल बताए ।
पछिल्लोपटक २०७२ साल फागुन १२ गते बुधबार बिहान म्याग्दीको दाना गाविसमा पर्ने सोलीघोप्टे नामक स्थानमा तारा एयरको ट्विनअटर विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो ।
पोखराबाट जोमसोमका लागि बुधबार बिहान ७ः४७ बजे उडेको तारा एयरको कल साइन नाइनएनएएचएच भएको ट्विनअटर विमान दाना गाविस–२ सोलीघोप्टी भिरमा दुर्घटना भएको थियो ।
विमान दुर्घटना हुुनुको कारण खुल्न नसके पनि सम्बन्धित निकाय र सरोकारवाला व्यक्तिहरुको उदासीनताका कारण विमान दुर्घटना भएको देखिएको धेरैको भनाइ रहेको छ ।
यद्यपि सम्बन्धित निकाय (नागरिक उड्डयन मन्त्रालय र तारा एयरवेज) ले प्रतिकूल मौसम र भूगोलका कारण दुर्घटना भएको बताए पनि त्यसमा सन्तुष्ट हुन सकिने आधार भने नदेखिने सर्वसाधारण र विमान दुर्घटना हुँदाको अवस्थालाई देखेका स्थानीयवासीले बताएका छन् ।
विसं २०५५ मा भएको लुम्बिनी एयरवेजको विमान दुर्घटनाको बारेमा पोखराबाट–घोरेपानी–शिख–नारच्याङ रुटमा मौसममा खरावी आएपछि दुर्घटना भएको उल्लेख गरिएपनि घटनाको यथार्थता अझैसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
लुम्बिनी एयरवेजको विमान दुर्घटना हुँदा पनि शिखका बासिन्दाले विभिन्न माध्यमबाट सरकारी निकायलाई जानकारी गराएका थिए । त्यतिबेला अहिलेको जस्तो मोबाइल, इन्टरनेटको जमाना थिएन, न त टेलिभिजनको पहुँच नै थियो । अहिले भएको तारा एयरवेजको दुर्घटनालाई पनि मौसममा आएको खरावीकै कारण भनिएको छ ।
नियमित रुटमा मौसममा अचानक परिवर्तन आएपछि उडानका लागि प्रयोग नगरिएको रुटबाट तारा एयरको विमान दाना गाविस हुँदै मुस्ताङ प्रवेश गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment