काठमाडौ । नाकाबन्दी खुलेपनि भारतबाट अझैं सहज रुपमा इन्धन आपूर्ति हुन सकेको छैन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहज रुपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत साबित भएको छ।
इन्धन आपूर्ति बढाउन इन्डियन आयल कर्पोरेसन( आइओसी)सँग भरपर्दो वार्ता गर्न सरकार असफल भएकाले उपभोक्ता अहिले पनि इन्धनका लागि सास्ती बेहोर्न बाध्य छन्।
सरकारले अहिले पनि मागभन्दा ३५ प्रतिशत कम मात्रै इन्धन भित्र्याउन सकेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको आदेश’ नआएको भन्दै आपूर्ति परिणाम बढाउन आनाकानी गरिरहेको बताए । आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment