राप्रपा नेपालका अध्यक्ष तथा परराष्ट्र मन्त्री कमल थापाले आफु हटेर राजनैतिक समिती मजबुद र सक्रिय बन्छ भने आफु हट्न तयार रहेको बताएका छन् ।
बिराटनगर विमानस्थलमा संञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केहिदिन भित्रै आन्दोलनरत दलका उच्चस्थ नेताहरुसँग कुरा गरेर समिती सक्रिय बन्ने समेत बताए । प्रधानमन्त्रीको भारत भ्रमणले दुइदेश बिच चिसिएको सम्बन्ध पुनः सुधारभएको समेत उनले बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारत बिचको सम्बन्ध सुधार संगै काकडभिट्टा देखि फुलबारीसम्म नेपाली नंम्बर प्लेटका सवारीसाधनहरु जान पाउने, बिद्युत उत्पादनमा लगानी, हुलाकिमार्ग निर्माणमा ठोस सहमती र बिदेशको सम्बन्धमा महत्वपुर्ण सम्झौता भएको समेत उनले बताए ।
उनले स्थानिय निर्वाचन को तयारी भइरहेकाले आवश्यक पर्ने २ वटा ऐनलाइ संम्सोधन गर्ने तयारी भइरहेको बताए । नेपाली काँग्रेसका महाधिवेशन सकिनसाथ स्थानिय निकायको चुनाव गराउने उनको धारणा थियो ।
संसदको चुनाव नभएसम्म अहिलेको सरकार कायम रहने उनको दावी छ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment