Tuesday, February 23, 2016

पहिरोमा परेर सम्पर्कविहीन भएका पाँचैजना सकुशल

मंगलबार, ११ फागुन
म्याग्दी । जिल्लाको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ आधार शिविर क्षेत्रमा गएको सुख्खा पहिरोको कारण सम्पर्कविहीन भएका पाँचै जना सम्पर्कमा आएका छन् ।
भीषण सुख्खा पहिरोबाट फैलिएको धुलोको कारण जङ्गल गएका स्थानीय पाँचजना सम्पर्कविहीन बनेका थिए । पहिरो खसेकै घलेम्दी खोलाको मुहानतिर निगालो काट्न गएका पाँचजनालाई खोजीका लागि परिचालन भएको स्थानीयवासीको टोलीले सम्पर्कमा ल्याएको र उनीहरु सकुशल रहेको घलेम्दीखोला जलविद्युत् आयोजनाका इन्जिनियर विष्णु थापाले जानकारी दिनुभयो ।
निगालो काट्न गएराति नै जङ्गल क्षेत्रमा गएका नारच्याङ–५ का टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी सम्पर्कमा आएको उहाँले बताउनुभयो ।
यसैबीच सुख्खा पहिरोको कारण गएरातिदेखि फैलिएको धुलोको मुस्लो अझै रोकिएको छ्रैन । चौतर्फी फैलिएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार, बेग र दोवा गाविसको जनजीवन प्रभावित बनाएको सीमा प्रहरी चौकी भुरुङतातोपानीका प्रहरी नायब निरीक्षक परशुराम जोशीले बताउनुभयो ।
पहिरो गएको ठाउँ वरपर धुलोले हिँड्डुल गर्नसमेत समस्या भएको छ । पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली धुलोले गर्दा सम्बन्धित ठाउँमा पुग्न सकेको छैन । धुलोको कारण स्थानीय विद्यालयमा पठनपाठनसमेत प्रभावित बनेको छ भने निर्माणाधीन घलेम्दीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम रोकिएको बताइएको छ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment