पाइपलाइन निर्माण भएपछि कम्तीमा १५ वर्षसम्म आइओसीबाटै इन्धन खरिद गर्नुपर्ने सर्त नेपालले पालना गर्नुपर्छ । कम ढुवानी लागत, बिनाझन्झट ढुवानी, भन्सार जाँचपासमा सजिलोलगायतका कारण पाइपलाइन पाएपछि नेपालले जतिसक्दो धेरै इन्धन रक्सौल डिपोबाटै उठाउनेछ । उक्त अवधिसम्म नेपाललाई आइओसीले इन्धनमा बेचेर प्रचुर नाफा मात्रै कमाउने लक्ष्य नलिए पनि उसले इन्धनमा नेपाललाई पूर्ण रूपमा भारततर्फ निर्भर बनाउँदै छ ।
नेपालतर्फको सीमा नजिकमा आइओसीले तेलका भण्डारण गृह थप्दै छ । नजिकै डिपो पाएपछि नेपालले आइओसीबाटै खरिद गर्ने र नेपालको इन्धन बजारमा आइआसीले दीर्घकालसम्म एकाधिकार कायम राख्न खोजिरहेको छ ।
kathmandutoday
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment