राज्यले प्रवाह गर्ने सेवामा समेत भ्रष्टचार र कालोबजारी बढेको भन्दै उनीहरुले कालोबजारी अन्त्य गर्न विशेष कार्यक्रम ल्याउन माग गरे । मानवीय संकटको बेलामासमेत उपभोक्तामाथि चरम शोषण भएको भन्दै उनीहरुले कालोबजारी नियन्त्रण गर्न सेवा प्रदायक निकायको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
पूर्व मूख्यसचिव लीलामणी पौडेलले कालोबजारी नियन्त्रण गर्नका लागि जनता आफैं जागरुक हुनुपर्ने भन्दै राजनीतिक दलको भूमिका पनि महत्वपूर्ण हुने औंल्याए । उनले पछिल्लो समयमा बढेको कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेकाले नियन्त्रण गर्नु जरुरी रहेको बताए ।
अरु वक्ताले भने सरकार आफैं भ्रष्टाचार र कालोबजारीमा संलग्न रहेकाले कालोबजारी नियन्त्रण चुनौतिपूर्ण रहेको बताए ।
imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment