Saturday, February 27, 2016

अर्जुननरसिंह केसी भन्छन्, ‘गगन थापाको महामन्त्री लड्ने हाइट भएको छैन’

काठमाण्डु, १५ फागुन– नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनमा अर्जुननरसिंह केसी संस्थापन पक्षसँगको सम्बन्ध विच्छेद गरी नेता शेरबहादुर देउवा पक्षबाट महामन्त्री उम्मेदवार हुने लगभग पक्काजस्तै छ ।
काँग्रेसभित्र मात्र होइन, बाहिरसमेत लोकप्रिय छवि बनाएका युवा नेता गगन थापा पनि महामन्त्रीको उम्मेदवारी दिने तयारीमा छन् । भित्रभित्रै एकले अर्कालाई पछि हटाउने खेल पनि चलिरहेको छ ।
तर, अहिलेसम्म दुवै महामन्त्रीको तयारीमा जुटेका छन् । गगनले संस्थापनबाट महामन्त्रीको टिकट पाउने सम्भावना शून्य प्रायः छ । कारण संस्थापमा एउटै पदका आकांक्षी धेरै छन् । संस्थापनका सभापति उम्मेदवार रामचन्द्र पौडेल पदका आकांक्षीलाई मिलाउन नसक्दा समस्यामा छन् । संस्थापनबाट महामन्त्रीमा बिपी पुत्र सशांक कोइराला उम्मेदवार हुने सम्भावना छ ।
गगन संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी दिने तयारी गरेका कृष्ण सिटौलाको प्यानलबाट महामन्त्री भिड्न खोज्दैछन् । नेता केसीले आफू महामन्त्रीमा उम्मेदवारी दिने मनस्थितिका साथ अघि बढेकाले कसैलाई पनि नछाड्ने बताए ।
उनले ज्वाईं गगन थापा अर्को पक्षिबाट उम्मेदवार भने पनि आफू पछि नहट्ने प्रष्ट्याए । ‘ज्वाईं पनि महामन्त्रीमा उठ्ने चर्चा सुनेको छु’, केसीले काठमाण्डु टुडेसँग भने, ‘म धेरै अघि बढिसकें, पछि हट्ने ठाउँ छैन ।’
यद्यपि संस्थापन पक्षले गनलाई महामन्त्रीको टिकट दिएको अवस्थामा भने आफू पछि हट्न सक्ने उनले बताए । ‘कुनै प्यालनबाट संस्थागत रुपमा उम्मेदवार हुनुभयो भने म विचार गरौंला’, केसीले भने, ‘कुनै पनि प्यानलबाट नभई एक्लै चुनाव लड्न आउनुभयो भने मेरो उम्मेदवारीमा पुनर्विचार हुँदैन ।’
केसीले महामन्त्रीमा आफ्नो र सभापतिमा शरेबहादुर देउवाको विजय सुनिश्चित भएको दाबी गरे । देउवासँग विचार मिलेकाले आफू सहकार्यका लागि तयार भएको भनाइ उनको छ ।
स्रोतका अनुसार नेता केसीले आफू निकटस्थहरुसँग गगनको महामन्त्री लड्ने हाइट नपुगेको बताउने गरेका छन् ।
kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment