बहुप्रतिक्षित नेपाली चलचित्र ‘लुट– टु’ नेपालमा फागुन १३ देखि रिलिज भएको छ । फिल्मले पहिलो दिनमा नै आक्रामक व्यवसाय गरेको छ ।
यद्यपी, फिल्मको स्वदेशमा मात्र नभई विदेशमा पनि स्क्रिनिङ गर्ने सोचमाथि कुठाराघात भएको छ । लुट टुमाथि दर्शकको क्रेजलाई मध्यनजर गर्दै फिल्म अष्ट्रेलियाको मेलबर्न र सिड्नीलगायत विभिन्न शहरमा पनि प्रदर्शन गरिने तयारी गरिँदै थियो । फेब्रुअरी २६ अर्थात् आइतबार चाइना टाउन सिनेमा हलमा प्रदर्शन गर्ने भनिएको उक्त चलचित्र प्राविधिक गडबडीका कारण सम्भव नभएको फिल्मका निर्देशक निश्चल बस्नेतले जानकारी दिएका छन् ।उनले यसका लागि माफी समेत मागेका छन् |
शनिबार बिहान आफ्नो आधिकारिक फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका हुन् । उनले भिडियोको सुरुमा नै लामो सुस्केरा हालेका छन् जसले विफलताको संकेत गर्दछ ।
अष्ट्रेलियाको सिड्नीको प्रिमियर रद्द भएकोमा उनले अष्ट्रेलियमा बस्ने सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनीसँग माफी मागेका छन् । प्रिमियरका लागि के समस्या भइरहेको छ त्यसबारे आफूले जानकारी लिएको र समाधानको उपाय के हुनसक्छ भन्ने विषयमा लागी परेको उनले जानकारी दिए ।
आफूले केही भन्नु भन्दा पनि आफ्ना दर्शकहरुसँग क्षमा माग्नका लागि यो अपडेट गराइरहेको उनले भिडियोमा जानकारी दिए ।यी सबैकुराहरु पहिले देखि नै याद गर्नुपर्ने थियो । याद गर्दागर्दै पनि कहिले फाइलको इररले कहिले के समस्याले गर्दा फिल्म अष्ट्रेलियामा रिलिज हुन नपाएको उनले स्विकार गरे । सिड्नीमा मात्र नभई देशका अन्य स्थानमा पनि फिल्म रिलिजको मिति पर सरेकोमा पनि निश्चलले माफी मागेका छन् ।
‘यस्तो नहुनुपर्ने थियो तर यो भयो । यद्यपी, यति हुँदा हुँदै पनि हामी यसबारे भागिरहेका छैनौं, यससँग जुझिरहेका छौं, ’ उनले भने ।यस्तो समस्याले विदेशमा बस्ने नेपालीहरुको नेपाली फिल्मप्रति धारणा नै परिवर्तन हुन सक्छ भन्दै यो कुरामा आफू निकै डराएको उनले बताएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment