Sunday, February 26, 2017

मधेसी मोर्चाका नेताहरुले सरकारसँगको सम्बन्ध तोड्ने धम्की


काठमाडौं । अन्तत : चुनावको मिति घोषणा भएसँगै मधेसी मोर्चाका नेताहरुले सरकारसँगको सम्बन्ध तोड्ने धम्की दिएका छन् । सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै उनीहरुले सम्बन्ध तोड्न लागेका हुन् । तराई आन्दोलनमा घाइते भएका हरुका नाममा ३२ करोड रकम असुली गरेको मधेसी मोर्चाले सरकारसँगको सम्बन्ध तोड्ने अन्तिम बिन्दूमा पुगेका हुन् ।

अहिले, उनीहरुको माग स्वरुप परिवर्तन भएको छ । वर्तमान सरकारले चुनावको मिति घोषणा गरेसँगै सरकारले आफूहरुलाई धोका दिएको भन्दै समर्थन फिर्ता लिने धम्की दिएका छन् । मोर्चाले सरकारसँग ३ बुँदे सम्झौता गरी गत साउनमा सत्ता गठबन्धनमा सहभागी हुन पुगेको थियो । यसपछि तत्काल संविधान संशोधन गर्नुपर्छ भन्दै नाराबाजी गर्ने उनीहरुको चालचलन अपत्यारीलो छ ।

 संशोधनको माग गर्ने उनीहरु न त सत्ताबाट बाहिरिन्छन् न त उनीहरुको माग पूरा भएको छ । सत्तासिन उनीहरुले मासिक लाखौं रकम आर्जन गर्दै सडकमा ओर्लिदै आएका छन् ।
कुरा एकथरि तर काम अर्को थरि गर्ने उनीहरुले तराई आन्दोलनमा घाइते उपचारका नाममा ३२ करोड रकम असुली गरिसकेका छन् । अघिल्लो ओली नेतृत्वको सरकारले घाइतेहरुको उपचारका नाममा ६ करोड भन्दा बढी रकम उपलब्ध गराईसकेका छन् ।
यसरी,मधेसी मोर्चाले संशोधन विषयलाई प्रमुख मुद्धा बनाउँदै तराई आन्दोलनका क्रममा घाइतेका नाममा करोडौ रकम असुलेर फाइदा लिएका छन् ।

अघिल्लो ओली नेतृत्वको सरकारलाई धम्क्याउँदै घाइतेहरुको उपचार खर्च पार्टीलाई दिनुपर्ने माग राखेका थिए । यससँगै ओली सरकार ढाल्न सफल भएका उनीहरुले वर्तमान सरकारबाट तराई आन्दोलनका क्रममा घाइतेका नाममा ३२ करोड बुझेर सम्बन्धविच्छेदको संघारमा पुगेका हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment