Wednesday, March 1, 2017

बिक्ला त यो राँगो नौ करोडमा ?


एउटा राँगोको मोल कति पर्ला ? जतिसुकै बलिष्ठ भए पनि हामीकहाँ एक लाखभन्दा बढि नपर्ला । तर, भारतमा एउटा राँगो ९ करोडभन्दा बढि मोलमा विक्रीमा राखिएको छ ।

भारतको उत्तर प्रदेश र मध्यप्रदेशको सिमानामा अवस्थित चित्रकुटमा आयोजित ग्रामोदय मेलामा सेलिब्रिटी झैं बनेको छ एउटा राँगो । यसलाई सामान्य राँगो नसम्झिनुस ।

यूवराज नाम गरेको यस राँगोको दैनिक आहारा छ, २० लिटर दुध, १० किलो फलफुल विशेषगरी स्याउ र सलगम, ५ किलो दाना र ५ किलो पराल । यसलाई हरेक दिन पाँच किलोमिटर मर्निङ वाक गर्नुपर्छ । यसको वजन १५ क्वीन्टल छ भने यो साढे ११ फिट लामो र ५.८ फिट अग्लो छ ।

मेलाका आगन्तुकहरुको आकर्षणको केन्द्र बनिरहेको यो नौ वषिर्य राँगोको मोल राखिएको छ ,नौ करोड २५ लाख । हजुर, नौ करोड २५ लाखको राँगो हो रे यो ।

हरियाणास्थित कुरुक्षेत्रका वासिन्दा र युवराजका मालिक करमवीर सिंहले फोनमा बताए कि उनले यो राँगोलाई आफ्नो परिवारको सदस्य सम्झेका छन् र आफ्नै बच्चालाई जसरी पालनपोषण गरेका छन् ।

उनले भने, ‘युवराजको आहारा र अन्य आवश्यकताका लागि म प्रत्येक दिन ३ हजारदेखि चार हजार रुपैयाँ खर्च गर्छु ।’

यस पशुको वीर्यले दुधालु भैंसीको कृत्रिम गर्भाधानमा सहयोग गर्ने बताइएको छ । उत्तेजित पार्ने कुनै जनावर वा विद्युतीय उत्तेजना प्रविधिको सहयोगमा युवराजको एकपटक वीर्य स्खलन गराएर १० देखि १२ मिलिलिटर वीर्य उत्पादन गर्न सकिन्छ जसलाई उल्लेख्यरुपमा पातलो बनाएर ७ सयदेखि नौ सय डोज तयार गर्न सकिन्छ ।

यस राँगोले कति पैसा कमाउँछ त भन्ने प्रश्नमा करमवीरले वाषिर्क लगभग ५० लाख रुपैयाँ आम्दानी हुने गरेको दावी गरे । यसको ठूलो हिस्सा राँगोलाई स्वस्थ राख्नमा खर्च भइरहेको उनको भनाई छ ।

‘म एक डोज वीर्यको ५ सय रुपैयाँसम्म असुल्न सक्थेँ, तर मैले यो व्यवसायलाई समाजसेवाका रुपमा अपनाएकाले न्यून मूल्यमा बेचिरहेको छु,’ उनले भने ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment