Saturday, February 4, 2017

टेलिकमले ल्यायो निशुल्क ‘सिआरबिटी’





नेपाल टेलिकमले मोबाइलमा फोन गर्नेलाई गीत सुनाउनका लागि सिआरबिटी अर्थात ‘कलर रिङ ब्याक टोन’को व्यवस्था थालेको छ।

टेलिकमले वार्षिकोत्सवको अवसर पारेर स्थगित भएको सिआरबिटीलाई पुनः निरन्तरता दिएको हो।


हाल १५ दिनका लागि निशुल्क यो व्यवस्था गरिएको टेलिकमका सहप्रवक्ता शोभनदेव पन्तले जानकारी दिए।

मोबाइलमा सिआरबिटी सेट गर्नका लागि १४५५ डायल गरेर निर्देशनअनुसार भाषा छनौट गर्ने र टप टेन नेपाली, हिन्दी वा अन्य गीतहरु मोबाइलमा सेट गर्न सकिनेछ। यसरी सिआरबिटी सेट गरेपछि सो नम्वरमा फोन गर्नेले धुन तथा गीत सुन्न सक्नेछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment