Sunday, February 26, 2017

अमेरिकी नागरिकता नहुनेले ध्यान दिनुपर्ने महत्वपूर्ण सात कुरा



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका कार्यकारी आदेशहरूले अमेरिकाको ग्रीनकार्ड लिएर बसेकाहरूमा पनि त्रास फैलिएको छ ।
यो त्रास अमेरिकामा रहेका नेपाली सँगै सबैमा देखिन्छ । अमेरिकी नागरिक भइनसकेका हरुमा व्याप्त यो सन्त्रासका कारण धेरैले नेपाल जाने सोचार्इ नै त्यागिदिएका छन् ।
यस्तो अवस्थामा के हुनसक्छ ? कानून व्यवसायीहरूले विभिन्न खाले सल्लाह र सुझाव दिन थालेका छन् । यद्यपि, यो अमेरिका हो र यहाँ जे पनि हुनसक्छ भन्ने मतले भने प्राथमिकता पाइरहेको छ।
यस्तो अवस्थामा अमेरिकी नागरिकता प्राप्त नगरेका अमेरिकाबासीले के गर्नुपर्छ ? अमेरिकामा रहेका कानुन व्यवसायिले यसरी सात सल्लाह दिएका छन् :

सल्लाह नम्बर १

अमेरिकामा हरेक राष्ट्रपतिलाई कार्यकारी आदेश दिने अधिकार हुन्छ । तर उनी पनि कानुनले बाँधिएका हुन्छन् । कार्यकारी आदेश कार्यान्वयनका लागि श्रोतसाधनले बाँधिएका हुन्छन् । त्यसैले उनले गर्नसक्ने कामको पनि सिमा हुन्छ । त्यसैले धेरै आत्तिनुपर्ने अवस्था छैन् । अमेरिकामा एसाइलम प्रणाली र अध्यागमन अदालतहरु अझै पनि कायमै छन् । धेरै मान्छेलाई एकैपटक प्रणालीमा धकेल्दा प्रणालीमा अझै सुस्तता आउँछ । त्यत्तिकै नआत्तिनु नै राम्रो हुन्छ ।

सल्लाह नम्बर २

अमेरिकामा भौतिक रुपमा आइसकेका व्यक्तिलाई सरकारसँग सिधै देशनिकाला गर्ने अधिकार छैन । व्यक्तिलाई देश निकाला गर्नका लागि पनि निश्चित कानुनी प्रकृया छ । अदालतमा सुनुवाई हुनुपर्छ । सुनुवाईपछि व्यक्तिले अपिल गर्न पाउने अधिकार छ । त्यसैले कोही पनि व्यक्ति त्यत्तिकै अमेरिकाबाट एकैचोटी देशनिकालामा पर्दैन । सामान्यतया तीब्र गतिको प्रकृया अपनाउँदा समेत यो प्रकृया पूरा हुन महिनौं लाग्छ । त्यसैले ट्रम्पसँग डराइहाल्नुपर्ने अवस्था छैन् ।

सल्लाह नम्बर ३

कार्यकारी आदेशमा अमेरिकामा कानुनी रुपमा प्रवेश गरेका व्यक्तिलाई देशनिकाला गर्ने सम्बन्धमा कुनै कुरा उल्लेख छैन । त्यसैले कुनै अपराध नगर्दासम्म एसाइलम गरेका र ग्रिनकार्ड लिएका व्यक्तिलाई कुनै समस्या देखिन्न । ढुंक भएर बसे हुन्छ।

सल्लाह नम्बर ४

एसाइलमको केस पेन्डिंग रहेकाहरुको सन्दर्भमा पनि यो कार्यकारी आदेशले तत्कालिन रुपमा कुनै प्रभाव पार्ने देखिन्न । कार्यकारी आदेशमा अध्यागमन सुविधाबारे थप कुरा स्पष्ट हुन बाँकी नै छ । त्यसैले यसमा एसाइलम समावेश हुन्छ वा हुँदैन अहिले नै भन्न सकिन्न । एसाइलम आवेदनको सन्दर्भमा पनि इराक, सिरिया, सुडान, इरान, सोमालिया, यमन, लिबिया लगायत मुस्लिम बाहुल्य रहेको देशका व्यक्तिको आवेदन प्रकृया केही लामो हुनसक्छ । किनभने कार्यकारी आदेशले ती देशका व्यक्तिका सम्बन्धमा अध्यागमन सुविधालाई पनि केहीसमय प्रतिबन्ध लगाएको देखिन्छ ।

सल्लाह नम्बर ५

आगामी दिनमा के हुँदैछ भन्ने विषयमा स्पष्ट अबधारणा नआउँदासम्म एड्भान्स परोल (अग्रिम जमानी) मा अमेरिका बाहिर यात्रा गर्ने योजना त्याग्नु उपयुक्त हुन्छ । यदि यात्रा गर्नेपर्ने अवस्था भएमा फर्कने बेलामा कुनै समस्या नआओस् भन्नका लागि आफ्नो वकिलसँग राम्रोसँग छलफल गर्नुहोला ।

सल्लाह नम्बर ६
इराक, सिरिया, सुडान, इरान, सोमालिया, यमन, लिबियाका व्यक्तिले ग्रिनकार्ड नै भएपनि अमेरिका बाहिर यात्रा नगर्नु उपयुक्त हुन्छ । ती देशबाट आएका व्यक्तिका सन्दर्भमा स्थिति स्पष्ट छैन । यदि तपाई यी देशबाट हुनुहुन्छ, अहिले अमेरिका बाहिर हुनुहुन्छ र ग्रिनकार्ड पनि छ भने यथाशक्य अमेरिका फर्कनु उपयुक्त हुन्छ । कम्तीमा अमेरिकी दूतावासमा यसबारेमा बुझ्नुपर्छ यद्यपि दूतावासले सधै सही जवाफ दिन्छन् भन्ने कुरामा पनि आश्वस्त हुन सकिन्न ।

सल्लाह नम्बर ७

यदि कसैले अमेरिकामा अपराध गरेको छ भने अपराधको मुद्दा पेन्डिंग अवस्थामा रहेपनि त्यस्ता व्यक्तिलाई कार्यकारी आदेशले देशनिकालाका लागि छिटो प्रकृयामा लैजान सक्छ । त्यास्तो समस्या भए अगाडि नै सचेत हुनु राम्रो हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment