बेंगलुरुमा एक महिलाले श्रीमानको गोप्य अंगमा लात हान्दा मृत्यु भएको छ ।
पुलिसको सोधपुछको क्रममा श्रीमतीले दिएको जानकारी अनुसार उनका श्रीमानलाई एचआईभी थियो र कण्डमको प्रयोग बिना नै यौनसम्बन्धको माग गरिरहेका थिए । यहि कुरामा दुबैको मृत्यु भयो । परिवारले चुपचाप मृतकको अन्तिम संस्कारको तयारी गरिरहेका बेला पुलिसलाई यसबारे जानकारी भएको छ ।
स्रोतका अनुसार शनिबार आधा रातपछि श्रीमान–श्रीमतीको भगडामा श्रीमानको ज्यान गएको छ । ३५ वर्षीया निर्मलाका अनुसार उनका ४५ वर्षे श्रीमानलाई एचआइभी थियो । यति हुँदा हुँदै पनि उनका श्रीमानले असुरक्षित यौनसम्बन्धको माग गर्ने गरेको उनले बताइन् । यसै कुरामा यी दुईको धेरैजसो झगडा हुने गरकोसमेत उनले बताइन् ।
शनिबार राती पनि दुबैको झगडा भयो । श्रीमानको हत्याको आरोपी निर्मलाले असुरक्षित यौनसम्पर्कका लागि अस्विकार गरेपछि उनका श्रीमानले उनलाई पिट्न सुरु गरेको उनले बताइन् । यसै क्रममा आफ्नो बचाउ गर्नेबेला उनले उदयको गोप्य अंगमा चोट लाग्न पुगेको उनले जानकारी दिइन् ।
श्रीमानको मृत्यु भइसकेको थाहा पाएका कारण उनले उदयलाई अस्पताल नलगेको उनले बताइन् । उनी भन्छिन्, ‘उदयको यस्तो तरिकाले मृत्यु भयो भन्ने कसैलाई पनि थाहा नहोस् भन्ने सोचर मैले यसबारे कसैलाई पनि जानकारी दिन चाहिनँ र गोप्य रुपमा अन्तिम संस्कारको तयारी गरें ।’
उदयकी बहिनी परिमालाले निर्मलामाथि आफ्नो दाइको हत्याको आरोप लगाउँदै पुलिसमा मुद्दा दर्ता गरेकी छिन् । परिमालाका अनुसार निर्मला आफ्ना एक छिमेकीसँगको सम्बन्धमा छिन् र उनीसँगै बस्न चाहन्छिन् त्यसकारण उनले उदयको हत्या गरेकी हुन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment