Sunday, February 26, 2017

काठमाडौंमा पुनः भेटियो माहामारी रोग ‘स्वाइन फ्लू’, यस्ता छन् लक्षण, यसबाट कसरी बच्ने ?

काठमाडौंमा पुनः भेटियो माहामारी रोग ‘स्वाइन फ्लू’, यस्ता छन् लक्षण, यसबाट कसरी बच्ने ?

 विश्वव्यापी रुपमा माहामारी फैलाएको  स्वाइनफ्लू  रोग पुनः काठमाडौंमा भेटिएका छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको अस्पतालले जनाएको छ ।

के हो स्वाइनफ्लू रोग ?
 स्वाइन फ्लू भाइरसबाट सर्ने सरुवा रोग हो । अहिले यो भाइरस संसारका करिब दुई सय देशमा फैलिसकेको छ । पहिला पहिला पनि देखा पर्ने गरेको भएपनि यो सन् २००९ मा मात्र विश्वव्यापी भएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रुपमा सन् २०१० मा प्रमाणित गरेपछि यसको नाम एचवान एनवान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो ।

भाइरसबाट सर्ने रोग भएकाले यसको प्रभावकारी उपचार र औषधी छैन । सुरुमा सुँगुरबाट फैलिएको हुनाले कतै कतै यसलाई सुँगुर ज्वरोसमेत भनिन्छ । चिकित्सकले यसलाई सामान्य रुघाखोकी बताउँदै आएका छन् । स्वाइन फ्लू पनि अन्य मौसमी रुघाखोकी जस्तै सामान्य भएकाले आत्तिनुनपर्ने स्वास्थ्यकमीहरु बताउँछन । तर, आफू सर्तक भने रहनु पर्ने हुन्छ ।

विशेष गरी रुघाखोकीलाई ३ समूहमा बाँडिएको छ । समूह ए,समूह बी र समूह सी । यी समूह मध्ये ए र बी बढि संवेदनशील मानिन्छ ।रुघाखोकी अन्र्तगत समूह एमा अहिले नेपालमा २ वटा भाइरस सक्रिय छन् । एचवान एनवान र एचथ्री वानटू । यी भाइरस सधैं एकै क्षेत्रमा भने देखा पर्दैनन् । कहिले कुन ठाउँ कहिले कुन ठाउँमा सक्रिय हुने गरेका छन् ।

रुघाखोकीको अर्को समूह बी पनि संवेदनशील मानिन्छ । यसबाट कहिलेकाही प्रकोप नै देखा पर्न सक्छ । तर समयमै बिरामीको उपचार भएको अवस्थामा रोग निको हुन्छ । स्वास्थ्य संस्थामै यसको उपचार संभव भएको कारण यसबाट हुने मृत्युदर न्यून रहेको  हुन्छ  ।सी समूहको रुघाखोकी भने सामान्य मानिन्छ । यो सामान्यतया २/३ दिनमै निको हुने भएकाले चिकित्सकहरुले यसलाई समान्य मान्ने गरेका छन् ।

 कसरी फैलिन्छ स्वाइन फ्लू ?
सुँगुरबाट मानिसमा सरेको हुँनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा भाइरस सर्ने संम्भावना बढि हुन्छ । हावाको माध्यमबाट पनि प्रभावित रोगी व्यक्तिबाट अर्को निरोगी व्यक्तिमा सर्न सक्छ । रोगीले खोक्दा, हाछ्युँ गर्दा किटाणु फैलिन्छ । साझा रुमाल, रेलिङ, रिमोर्ट, सवारीसाधनका समात्ने ठाउँहरुमा पनि भाइरस हुन सक्छन् जुन व्यक्तिको सम्र्पकमा आउँनाले सर्न सक्छ ।

 यस्ता छन् यसका लक्षण
स्वाइन फ्लूका लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातारजसो हाछ्युँ आउँछ । शरिरमा कमजोरी, आलशयता, औषधी सेवन गरेपनि विरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरिरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा विरामीको मृत्युसमेत हुन सक्छ ।

अन्य साधारण रुघाखोकीका विरामीले ३/४ दिन आराम गरे निको हुने भएकाले आराम गरे मात्र पुग्छ । बालबालिका, बुढाबुढी र दिर्घरोगका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा संक्रमणको जोखिम बढी हुन्छ ।

स्वाइन फ्लूले विशेष गरी मुटु, कलेजो, मृगौला, छातीको रोग भएका, मधुमेह, एचआइभी एड्स रोग लागेका, बढी रक्सी पिउने, गर्भवती, बढि मोटोपना भएका विरामीलाई असर गर्ने चिकित्सकले बताएका छन् । यो रोग लाग्दैमा ज्यान जान्छ भन्ने होइन तर यस्ता विरामीले बढि सचेत बन्नुपर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment