Sunday, February 26, 2017

पहिलो अभ्यास खेलमा ज्ञानेन्द्रको शतक,


 विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ ।
नेपाल राजवाडा क्रिकेट टिमसँग ४७ रनले पराजित भएको हो ।

२८२ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४७.१ ओभरमा २३४ रनमा अलआउट भयो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक जोडे पनि अरु ब्याट्सम्यान चल्न सकेनन् । १२५ बलको सामाना गरेका उनले १० चौकाको मदतमा १०४ रन बनाए ।

आसिफ शेखले २८ रन जोडे भने विनोद भण्डारीले २० रन बनाए । शक्ति गौचनले १४ र बसन्त रेग्मीले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।  राजवाडाका माहम्मद शाफी एक्लैले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजवाडा क्रिकेट टिमले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको थियो । उसका लागि राजत छप्परवालले ९१ रन बनाए भने माधुर खत्रीले ९० रन जोडे । मोहम्मद साफीले ५१ रन जोडे ।

सन्दिप लामिछानेले २ विकेट लिए भने करण केसी र सोमपाल कामीले समान १-१ विकेट लिएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment