Saturday, February 25, 2017

पत्याउनुहुन्छ ? नेपालमा चामल र पेट्रोल भन्दा बढिको मोबाईलको आयात

पछिल्लो तथ्यांक अनुसार बढ्दो माग पुरा गर्न नेपालमा हरेक महिना २ अर्ब रुपैयाँ बराबरको मोबाइल सेट भित्रने गरेको छ । भन्सार विभागको पछिल्लो विवरण अनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो । चालु आर्थिक बर्षको पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोवाइल सेट, डिजेल पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुका रुपमा देखिएको छ । गत साउनदेखि माघ मसान्तसम्मको आयातलाई मासिकमा रुपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोवाइल सेट आयात हुने गरेको छ ।

नेपालमा अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोवाइल सेट आयात भएको देखिन्छ । प्रबीधिमा उच्च परिवर्तन र विश्वव्यापिकरणका कारण नेपालमा पनि मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजारसमेत आकासिएको छ । नेपाल मोवाइल डिलर्स एसोसिएसनका अनुसार हरेक ६ महिनमा एउटा कम्पनीले आफ्नो नयाँ मोडल सार्वजनिक गर्ने प्रचलनले पनि आयात ह्वात्तै बढेको हो । मानिस एउटा मोबाइल ६ महिना प्रयोग गरेपछि फेरि नयाँ बोक्न चाहन्छ । यसले मोबाइलको बिक्री बढाएको छ । ‘घरमा दैनिक छाक टार्न नसक्ने निम्न आर्थिक हैसियत राख्ने मानिसको हातमा समेत ५० हजारभन्दा बढिको मोबाइल प्रत्येक वर्षमा परिर्वतन हुनुले यस्तो अवस्था आएको मोबाईल बिक्रेताहरु बताउछन |

भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०६८/०६९ मा १९ लाख ३३ हजार मोबाइल आयात भएकोमा आव २०७२/०७३ मा यो दोब्बर बढेर ४९ लाख ९० हजार पुगेको छ । जुन पाँच वर्ष अघिको तुलनामा २.५९ गुणाले बढी हो । गत आव २०७१/७२ को मोबाइल आयातलाई मात्र मध्यनजर गर्ने हो भने पनि यो वर्ष मोबाइलको आयात दोब्बरको हाराहारीमा छ । गत आव नेपालमा १८ अर्ब १९ करोड ७६ लाख ८७ हजार ८६ रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ । यो अघिल्लो वर्षको तुलनामा पाँच अर्ब रुपैयाँ बढी हो । अघिल्लो वर्षको तथ्यांकअनुसार नेपालमा १३ अर्ब चार करोडको मोबाइल आयात भएको थियो ।

नेपालमा मात्रै होईन अन्र्तराष्ट्रिय बजारमा पनि मोबाइलको व्यापार यही अनुरुप बढेको छ । मोबाईलको माग यसरि अनपेक्षित रुपमा बढ्नुको मुख्य कारण नयाँनयाँ ब्रान्डका मोबाइल भित्रिनु पनि हो । मानिस बारफोनबाट स्मार्टफोनमा जाने क्रम बढ्नु, बारफोनको मूल्यमा स्मार्टफोन उपलब्ध हुनु र सामाजिक सञ्जालले मानिसलाई आकर्षित गर्नुले पनि मोबाइल बजार आकासिएको जानाकारहरु बताउछन । नेपालमा अहिले ६१ वटा मोबाइल कम्पनीले आफ्नो ८९ प्रकारका मोबाईल सेटहरु बिक्रि गदै आएका छन भने केहि नयाँ कम्पनीसमेत आफ्नो उपस्थिती नेपाली बजारमा बिस्तार गर्ने योजनामा छन । नेपालमा चीन, भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेनलगायत इटाली जर्मनी लगायत ६१ देशबाट मोबाइल आयात हुने गरेको छ । नेपालमा यति धेरै देशबाट मोबाईलको आयत हुने गरेपनि कुल मोबाइलको झण्डै ८५ प्रतिशत भन्दा बढि हिस्सा चीनले ओगटेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment