Monday, March 13, 2017

यी साबुन प्रयोग गर्नुहुन्छ भने होसियार ! (कारण, तथ्य र प्रमाणसहित)


 काठमाडौँ - आफुले बजारमा ल्याउन लागेको नयाँ साबुनको प्रचार गर्न युनिलिभर नेपालले केहि समयअघि भ्रामक विज्ञापन छापेपछि त्यसको चर्को विरोध भएको थियो ।

 नांगा साबुनमा बोसो हुने र त्यसले स्वास्थ्यमा प्रतिकुल असर गर्ने आसयका विज्ञापनहरु छापेको युनिलिभर लिमिटेडले उद्पादन गरेका अधिकांस साबुनहरु स्वास्थ्यलाई असर गर्ने खालको भएको खुलासा भएको छ ।

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै केहि स्वास्थ्य विशेज्ञहरुले यस्तो बताएका हुन् ।
 नांगा साबुनसम्बन्धि भ्रामक विज्ञापन छापिएपछि डाक्टरहरुलाई आएका केहि प्रश्नहरुको ती डाक्टरहरुले खुलेआम उक्त कम्पनीले उत्पादन गरेका साबुनहरुमा बोसो नभएपनि खतरन;क केमिकल हुने बताएपछि कम्पनीले यस्तो बताउने केहि डाक्टरहरुलाई पनि आफ्नो प्रभावमा पार्न खोजेको थियो ।

आफ्नो नाम नबताउने सर्तमा कोटेश्वर निवासी एक छाला विशेषज्ञ भन्छन्, 'उक्त विज्ञापन छापिएपछी मलाइ धेरैले यसबारे सोध्नुभयो ।
 मैले खुलेर लक्स, लिरिल डोब, लाइफबोएजस्ता साबुनहरु प्रयोग नगर्न सल्लाह दिएपछि मलाइ ठुलै नेताले फोन गरी त्यस्तो सल्लाह कसैलाई नदिन र मेरै पेसेन्टले कम्पनीमा यो डाक्टरले यस्तो भन्दै हिडेको छ भनेपछि आफुलाई गाह्रो भएको भन्दै त्यसो नभन्न आग्रह गरेका थिए । उनका अनुसार कहिले उनलाई कम्पनीको मान्छे हो यस्तो कुरा आफ्ना पेसेन्टलाई भने जे पनि हुन सक्ने भन्दै थर्काएका समेत थिए ।    

'किन प्रयोग नगर्ने लिरिल, डोव, लक्स र लाइफवोए ?'
उनका अनुसार यी साबुनहरुमा प्रयोग भएको कास्टिक सोडा र उच्च पिएच लेभलले छालालाई हानी गर्छ । 'लक्स त प्रयोग गर्नु निकै हानीकारक छ । यसमा कास्टिक सोडाको प्रयोग बढी छ । यसले छालालाई तत्काल मुलायम जस्तो बनाएपनि यसले छालामा दुर्गामी असर गर्छ भने विभिन्नखाले अन्य रोगहरुपनि लाग्न सक्छन् । साबुन उही ब्रान्डको भएपनि नेपालमा उत्दापदन हुने यी साबुनहरुमा हानिकारक केमिकल बढी हुन्छ ।'
उनका अनुसार लाइफवोए नामको साबुनको विशेषगरी बच्चाहरुलाई लक्षित गर्दै बनाइएका विज्ञापनहरुमा सरकारले ध्यान दिन जरुरी छ । 'लाइफबोएमा निकै हानीकारक केमिकल हुन्छ । यस्तो साबुनको प्रयोग बच्चाहरुलाई गर्न उत्साहित गर्ने विज्ञापनहरुबारे किन सरकार बोलेको छैन, थाहा छैन ।  

यसरी गर्छ लाइफबोए, लक्स र लिरिलजस्ता साबुनले हानी :
उनका अनुसार यी साबुनमा प्रयोग भएको कास्टिक सोडा यस्ता केमिकल हुन् जसले फलामको बाहिरी सतहमा टाँसिएको कडा फोहोर रुपी लयर पनि हटाउन सक्ने क्षमता राख्छ । 'फलामको लेयरसमेत हटाउन सक्ने केमिकल राखिएको साबुनले स्वास्थ्यमा कति असर गर्ला, आफैं सोच्नुहोस् त ! यो केमिकल भनेको फलाम सफा गर्न प्रोयोग हुने केमिकल हो । हाम्रो शरीर भनेको निकै नै मुलायम हुन्छ । लिरिल, लक्स, लाइफवेए, डोवजस्ता साबुन त नेपालमा ब्याण्डनै हुनुपर्ने हो ।

त्यसमाथि भारतमा उत्पादन भएका साबुनहरु 'क्वालीटी'का हुन्छन् । नेपालमै प्रयोग भएका साबुनको गुणस्तर निकै कम हुन्छ । र यस्ता खतरनाक केमिकल बढी प्रयोग भएको हुन्छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । उनी भन्छन्, तपाईंले लिरिल, लक्स वा लाइफवेएले नुहाएर घाममा बस्नुभयो भने, एक खालको सेतो पदार्थ आफ्नो जिउमा देख्नुहुनेछ । त्यो कास्टिक सोडा हो । त्यो शरीरका लागि निकै हानिकारक हुन्छ ।' उनले भने ।  

यी साबुनमा हुन्छ अत्याधिक एसिड, छालालाई यसरी गर्छ हानी:
'यी साबुनहरुमा उच्च पीएच लेवल हुन्छ । पीएच  भनेको पोटेन्सियल अफ हाइड्रोजन हो । यो भनेको एसिडको मात्रा हो । यी साबुनहरुमा एसिडको मात्रा निकै बढी हुन्छ ।' उनका अनुसार यो एसिडले छालामा निकै असर गर्छ । उनी अगाडी भन्छन्, 'एसिड छ्यापेर मुहार खत्तम भएको हामीले सुनेका छौं । 'एसिड भनेको सबै उस्तै हो। मात्र मात्रामा फरक हुने हो । यी साबुनहरुमा पनि त्यस्तै हानीकारक एसिड हुन्छन् । छालामा हुने कतिपय खालका भिटामिन पनि उक्त एसिडले हटाइदिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment